close

टर्कीमा सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने

टेकपाना टेकपाना

माघ १०, २०७७ १८:७

टर्कीमा सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने

काठमाडौं । टर्की सरकारले ट्वीटर, पेरिस्कोप र पिन्टेरेस्ट लगायतका साेसल मिडियामा विज्ञापन गर्न प्रतिबन्ध लगाएकाे छ । त्यहाँकाे नियामक निकाय सूचना प्रविधि प्राधिकरणले यस्ता प्लेटफर्ममा विज्ञापन गर्न प्रतिबन्ध गरेको हो ।

यसअघि टर्कीले सोसल मिडियासँग सम्बन्धित कानून ल्याएको थियो । उक्त कानूनमा रहेर ट्वीटर, पेरिस्कोप र पिन्टेरेस्टमा विज्ञापन गर्न प्रतिबन्ध लगाउने विषयको सूचना राजपत्रमा प्रकाशित गरेको हो ।

सूचना अनुसार यस्ता सोसल मिडियामा विज्ञापन ती प्लेटफर्मका स्थानीय प्रतिनिधिबाट मात्रै गर्नपर्नेछ । यसको अर्थ ट्वीटर, पेरिस्काेप, पिन्टेरेस्टले टर्कीमा स्थानीय प्रतिनिधिहरु नियुक्त गर्नुपर्ने हुन्छ ।

ती कम्पनीहरुले हालसम्म त्यहाँ प्रतिनिधि राख्ने विषयमा कुनै योजना सार्वजनिक गरेका छैनन् । टर्कीमा हाल युट्युबको मात्रै स्थानीय प्रतिनिधि रहेको छ । त्यस्तै फेसबुकले तत्कालै टर्कीमा आफ्नो स्थानीय प्रतिनिधि राख्ने बताइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३