close

फेसबुकको डेटा चोरेकाे भन्दै क्याम्ब्रिज एनालिटिका विरुद्ध भारतमा मुद्दा

टेकपाना टेकपाना

माघ १०, २०७७ १६:२४

फेसबुकको डेटा चोरेकाे भन्दै क्याम्ब्रिज एनालिटिका विरुद्ध भारतमा मुद्दा

काठमाडौ । भारतीय फेसबुक प्रयोगकर्ताको डेटा चोरीको आरोपमा ब्रिटेनको कम्पनी क्याम्ब्रिज एनालिटिकामाथि भारतमा मुद्दा दायर भएको छ । भारतमा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) फेसबुकबाट क्याम्ब्रिज एनालिटिकले डेटा चोरी गरेका भन्दै मुद्दा दायर गरेको हो ।

क्याम्ब्रिज एनालिटिका कम्पनीले विशेष गरेर राजनीतिक परामर्श दिने काम गर्दै आएको छ । सीबीआईका अनुसार उक्त कम्पनीले पाँच लाख ६२ हजारभन्दा बढी भारतीय फेसबुक प्रयोगकर्ताको डेटा चोरी गरेको दावी छ ।

यसअघि भारतका केन्द्रीय मन्त्री रविशंकर प्रसादले फेसबुकको डेटा चोरीको घटनामा आरोपित क्याम्ब्रिज एनालिटिका जाँच गर्न सीबीआईलाई जिम्मा दिइएको बताएका थिए ।

त्यसैका आधारमा सीआईबीले उक्त कम्पनी विरुद्ध मुद्दा दायर गरेको हो । सोही घटनामा अर्को कम्पनी ग्लोबल साइन्स रिसर्च (जीएसआरएल) लाई पनि मुद्दा हालेको उल्लेख गरिएको छ ।

सीबीआईले गरेको अध्ययनमा ग्लोबल साइन्स रिसर्चले भारतका ५.६२ लाख फेसबुक प्रयाेगकर्ताका डेटा चोरेको र उक्त डेटा क्याम्ब्रिज एनालिटिकासँग बढेको जानकारी पाएको थियो । क्याम्ब्रिज एनालिटिकाले उक्त डेटा भारतमा हुने चुनावमा प्रयोगमा ल्याएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३