close

नेपालको इन्टरनेट स्पिडमा सुधार, उक्लियो ५ स्थान माथि

टेकपाना टेकपाना

माघ १०, २०७७ १२:२८

नेपालको इन्टरनेट स्पिडमा सुधार, उक्लियो ५ स्थान माथि

काठमाडौं । पछिल्लो समय नेपालको इन्टरनेट स्पिडमा सुधार देखिएको छ । ओकलाको स्पिड टेस्ट ग्लोबल इन्डेक्समा डिसेम्बरमा नेपालले ५ स्थान सुधार गर्दै १११ औं स्थानमा उक्लिएको हो ।

इन्डेक्स अनुसार नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड २४.०५ एमबीपीएस, औषत अपलोड स्पिड २२.४६ एमबीपीएस र लेटेन्सी १३ मिलि सेकेन्ड देखिएको छ ।

यस अघि गत सेप्टेम्बरमा नेपाल औषत डाउनलोड स्पिड २२.३६ एमबीपीएस तथा अपलोड स्पिड २०.४१ एमबीपीएस र लेटेन्सी १६ मिली सेकेन्ड रहेको थियो । स्पिड टेस्टको यो इन्डेक्समा हाल १७६ मुलुक समावेश छन् ।

ब्रोडब्याण्ड स्पिडमा औषत ३०८.३५ एमबीपीएस डाउनलोड स्पिडका साथ थाइल्याण्ड विश्वकै फास्ट इन्टरनेट हुने मुलुकको पहिलो स्थानमा छ । त्यहाँको औषत अपलोड स्पिड २६०.८६ र लेटेन्सी ८ मिलि सेकेन्ड रहेको छ ।

त्यस्तै औषत २४५.३१ एमबीपीएस डाउनलोड स्पिडका साथ सिंगापुर दोस्रो, औषत २२६.८० एमबीपीएस डाउनलोड स्पिडका हङकङ तेस्रो, औषत १९०.६० एमबीपीएस डाउनलोड स्पिडका साथ रोमानिया चौथो र औषत १८८.८८ एमबीपीएस डाउनलोड स्पिडका साथ स्विजरल्याण्ड पाँचौं स्थानमा छ ।

छिमेकी देश भारत औषत ५३.९० एमबीपीएस डाउनलोड तथा ५०.७५ एमबीपीएस अपलोड स्पिड र १७ मिलि सेकेन्ड लेटेन्सिका साथ सूचीको ६५ औं नम्बरमा छ । त्यस्तै ओकलाको सूचीमा छिमेकी देश चीन, श्रीलंका, पाकिस्तान र भुटान क्रमशः १८ औं १०७, १६२ र ११६ औँ स्थानमा छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३