close

३ एनएम प्रोसेसर निर्माणका लागि साढे ११ खर्ब लगानी गर्दै सामसङ

टेकपाना टेकपाना

माघ १०, २०७७ १३:२९

३ एनएम प्रोसेसर निर्माणका लागि साढे ११ खर्ब लगानी गर्दै सामसङ

काठमाडौं । सामसङले १० अर्ब डलर (११ खर्ब ६८ अर्ब ७० कराेड रूपैयाँ) को लगानीमा ३ एनएम प्राेसेर उत्पादनका लागि प्लान्ट निर्माण गर्ने भएकाे छ । अमेरिकास्थित टेक्सासको अस्टिनमा निर्माण हुने सो प्लान्टमा अत्याधुनिक प्रोसेसर निर्माण गर्ने सामसङको उद्देश्य छ । 

योजना सफल भएको खण्डमा चिप उत्पादनका लागि एक्सट्रिम अल्ट्राभायोलेट लिथोग्राफी प्रविधिको प्रयोग गर्ने सामसङ विश्वको तेस्रो कम्पनी बन्नेछ । कम्पनीको योजना अनुसार काम अघि बढेमा प्लान्ट निर्माणको काम यसै वर्षदेखि सुरु भएर सन् २०२३ देखि सञ्चालमा आउनेछ । 

सामसङले यस किसिमको एड्भान्स फेब्रिकेसन प्लान्ट निर्माण गरेसँगै अमेरिका र चीनबीच जारी व्यापार तनावका बीच कम्पनीले अमेरिकी सेवाग्राहीबाट नयाँ कन्ट्रयाक्ट पाउने अपेक्षा गरिएको छ ।

कम्पनीको यस कदमले सामसङलाई टीएसएमसीको निकट प्रतिस्पर्धी बनाउनेछ । टीएसएमसी कम्पनीले हाल एप्पल तथा अन्य ब्राण्डका लागि चिप निर्माण गर्दै आइरहेको छ ।

एप्पलको पछिल्लो आईफोन तथा म्याकमा रहेको पाँच एनएमको प्रोसेसर पनि टीएसएमसीले नै निर्माण गरेको हो । 

टीएसएमसीले पनि अमेरिकाको एरिजोनास्थित प्लान्टमा १२ अर्ब डलरको लगानी गर्दैछ । कम्पनीले २०२४ देखि चिप निर्माण सुरु गर्ने अनुमान गरिएको छ । 

रोयटर्सको अघिल्लो रिपोर्ट अनुसार सामसङले आउने दशकमा नन-मेमोरी चिप्समा ११६ अर्ब को लगानी गर्ने उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३