close

भिभो एक्स ६० प्रो प्लस सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ १०, २०७७ १४:२८

भिभो एक्स ६० प्रो प्लस सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । भिभोको नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स सिक्स्टी प्रो प्लस सार्वजनिक भएको छ । भिभोले सन् २०२१ का लागि आफ्नो पहिलो फ्ल्यागशिप स्मार्टफोनको रुपमा भिभो एक्स सिक्स्टी प्रो प्लस ल्याएको हो ।

यसमा क्वालकमको स्नापड्रागन ८८८ फाइभजी प्रोसेसर राखिएको छ । भिभो भि सिक्स्टी प्रो प्लस भिभो एक्स सिक्स्टी सिरिजको तेस्रो स्मार्टफोन हो ।

यही सिरिजमा यसअघि भिभो एक्स सिक्स्टी तथा एक्स सिक्स्टी प्रोको एक्साइनस १०८० प्रोसेसरका साथ सार्वजनिक गरिएको थियो ।

भिभो एक्स सिक्स्टी प्रो प्लस, साओमी मि इलाभेन, आईक्यूओओ सेभेन र सामसङ ग्यालेक्सी एस २१ पछि विश्वकै यस्तो स्मार्टफोन हो, झसमा ८८८ फाइभजी प्रोसेसरका साथ सार्वजनिक गरिएको छ ।

यस्तो छ फिचर तथा स्पेसिफिकेसन

भिभो एक्स सिक्स्टी प्रो प्लसको स्पेसिफिकेसनको कुरा गर्ने हो भने यसमा ६.५६ इन्चको फुल एचडी प्लस ई थ्री एमोलेड डिस्प्ले दिइएको छ । जसको रिफ्रेश रेट १२० हर्ज रहेको छ ।

यस बाहेक डिस्प्लेको साथ एचडीआर टेन प्लसको सपोर्ट समेत दिइएको छ । डिस्प्लेको ब्राइटनेस १३०० निट्स छ ।

फोनमा स्नापड्रागन ८८८ फाइभजी प्रोसेसर र ग्राफिक्सका लागि एड्रिनो ६६० जीपीयू दिइएको छ । यसमा १२ जीबी एलपीडीडीआर फाइभ र्‍याम तथा २५६ जीबीको यूएफएस ३.१ स्टोरेज रहेको छ ।

एन्ड्रोइड इलाभेनमा रन हुने यो मोबाइलमा ओरिजिन ओएस १.० पाउन सकिनेछ । भिभोको यो फोनमा ४२०० एमएएच क्षमताको ब्याट्री छ, जसले ५५ वाट फास्ट चार्जरलाई सपोर्ट गर्दछ ।

फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, हाई फाई अडियो, टाइप सी र फाइभजी आदिको सपोर्ट रहेको छ । भिभो एक्स सिक्स्टी प्रो प्लसको क्यामेराको कुरा गर्ने हो भने यसमा ५० मेगापिक्सेलको सामसङ जीएन वान प्राइमरी सेन्सर दिइएको छ ।

जसको अपार्चर एफ/१.५७ रहेको छ । यसका साथै यो फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस), इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन (ईआईएस) र जेडईआईएसएस टी कोटिङ समेत रहेको छ ।

यसमा अर्को क्यामेराको रुपमा ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ५९८ सेन्सर राखिएको छ । जसको फिल्ट अफ भ्यू ११४ डिग्री रहेको छ ।

यसका साथै भि फोर एक्सिस ओआईएस समेत पाउन सकिनेछ । सँगै तेस्रो क्यामेराको रुपमा यो फोनमा ३२ मेगापिक्सेलको ५० एमएम युक्त पोट्रेट लेन्स राखिएको छ ।

यसको अपार्चर एफ/२.०८ छ । यसैगरी चौथो क्यामेराको रुपमा यसमा ८ मेगापिक्सेलको सेन्सर दिइएको छ । जसमा ओआईएस, पाँच गुणा जुम र ६० गुणा डिजिटल जुम रहेको छ ।

सेल्फीका लागि यो फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । जसको अपार्चर एफ/२.४५ रहेको छ ।

कति छ मूल्य ?

भिभोको यो फोन हाललाई चीनमा सार्वजनिक गरिएको हो । नेपाल सहित अन्य देशमा यो फोन चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

भिभो एक्स सिक्स्टी प्रो प्लसलाई डिप ब्लु र क्लासिक अरेन्ज गरी दुई कलर भेरियन्ट साथ बजारमा ल्याइएको छ ।

फोनको ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ४९९८ युआान रहेको छ भने १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५९९८ युआन छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३