close

मोबाइलमा गुगल सर्च इन्जिनलाई नयाँ डिजाइन दिँदै गुगल

टेकपाना टेकपाना

माघ १०, २०७७ १७:०

मोबाइलमा गुगल सर्च इन्जिनलाई नयाँ डिजाइन दिँदै गुगल

काठमाडौं । गुगलले मोबाइल भर्सनमा गुगल सर्चमा गरिने सर्च रिजल्टलाई नयाँ डिजाइन दिने भएको छ । शुक्रबार आफ्नो ब्लग पोष्टमार्फत गुगलले यसबारेमा जानकारी दिएको हो ।

गुगलका अनुसार मोबाइलमा गुगल सर्चलाई अझ सहज बनाइने छ । जसले गर्दा प्रयोगकर्ताले गुगलमा खोजेको कुरा सहज र छिटो प्राप्त गर्न सक्नेछन् । ‘नयाँ डिजाइनमा उपलब्ध हुने अक्षरको आकार अझ ठुलो हुनेछ,’ उक्त ब्लगमा भनिएको छ ।

यसका साथै नयाँ डिजाइनमा मोबाइलको स्क्रिनमा गुगल सर्च गर्दा सुरुमै सर्च गरिएको विषयवस्तुसँग सम्बन्धित जानकारी धेरै उपलब्ध हुनेछ । जसले गर्दा साधारण जानकारीको लागि तल स्क्रोल गरी राख्नुपर्ने झन्झट हुनेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३