close

मोबाइल इन्टरनेट गुणस्तरमा नेपालको एक स्थान सुधार

टेकपाना टेकपाना

माघ १०, २०७७ २०:३१

मोबाइल इन्टरनेट गुणस्तरमा नेपालको एक स्थान सुधार

काठमाडौं । मोबाइल ब्रोडब्याण्ड गुणस्तरमा नेपालले एक स्थानले सुधार गरेकाे छ । ओकलाले मासिक रुपमा सार्वजनिक गर्दै आएको स्पिडटेस्ट ग्लोबल इन्डेक्समा नेपाल एक स्थान माथि उक्लिदै ११५औं स्थानमा पुगेको हो ।

इन्डेक्स अनुसार नेपालको मोबाइल ब्राोडब्याण्ड इन्टरनेटमा औषत डाउनलोड स्पिड १८.४२ एमबीपीएस, अपलोड स्पिड ११.६२ एमबीपीएस र ३१ मिली सेकेण्डको लेटेन्सी रहेको छ । 

रिपोर्ट अनुसार गत डिसेम्बरमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेटको तुलनामा फिक्स्ड ब्रोडब्याण्डको गुणस्तरमा पनि सुधार देखिएको छ । फिक्स्ड ब्रोडब्याण्डमा नेपाल पाँच स्थानमाथि उक्लिँदै ११५ औं स्थानमा पुगेको छ ।

इन्डेक्स अनुसार नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड २४.०५ एमबीपीएस, औषत अपलोड स्पिड २२.४६ एमबीपीएस र लेटेन्सी १३ मिलिसेकेन्ड रहेको छ ।

तर इन्डेक्समा नेपालको डाउनलोड, अपलोड र लेटेन्सी विश्वव्यापी औषत स्तरभन्दा कम देखिएको छ । मोबाइल ब्रोडब्याण्डतर्फ शीर्ष ३७ मुलुकले मात्र यो मानक पुरा गरेका छन् । त्यस्तै फिक्स्ड ब्रोडब्याण्डतर्फ पनि शीर्ष ४२ मुलुकहरुले मात्र यो मानक पुरा गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३