close

५ हजार एमएएच ब्याट्री सहित कुलप्याडका दुई स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

माघ १०, २०७७ १९:१४

५ हजार एमएएच ब्याट्री सहित कुलप्याडका दुई स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । चिनियाँ ब्राण्ड कुलप्याडले नेपाली बजारमा हालै दुई नयाँ मोडल सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक एसडी इन्टरनेशनल प्रालिले ‘कुल १०’ र ‘कुल एस’ मोडलका स्मार्टफोन बजारमा ल्याएकाे हाे ।

कुल प्याडको ‘कुल १०’ मा ६.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन रहेको छ भने फोनमा फोटोग्राफीको लागि १६ मेगापिक्सेलको मुख्य क्यामेरा, ०.३ मेगापिक्सेल प्लस ०.३ मेगापिक्सेलको रियर क्यामरासहित डुअल एआई क्यामरा रहेको छ ।

सेल्फीका लागि ८ मेगापिक्सेलको एआई क्यामरा राखिएको छ । फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट र फेस अनलक फिचरहरु रहेका छन् ।

‘कुल १०’ स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य १६,५९५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी अर्को स्मार्टफोन ‘कुल एस’ स्मार्टफोनमा ६.५२ इन्चको कर्नर पन्चहोल फुलएचडी प्लस डिस्प्ले डिजाइन रहेको छ भने फोटोग्राफीको लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप रहेको छ ।

फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सेलका साथमा २५ मेगापिक्सेल प्लस २ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको म्याक्रो क्यामरा रहेको छ । यसको रियर क्यामराले स्लोमो समेत खिच्न सकिनेछ ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट, फेस अनलक, ब्लूटूथ, यूएसबी टाइप सी, एनएफसीलगायतका फिचरहरु रहेका छन् ।

‘कुल एस’ स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य २२,५९५ रुपैयाँ तोकिएको छ ।

यी दुवै स्मार्टफोनहरु एन्ड्रोइड १० अपरेटिङ सिस्टममा आधारित छन् । कुलप्याडले छिट्टै नै यी दुवै मोडलका अन्य भेरियन्टहरु समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले देशभर आफ्ना ३५ वितरकमार्फत कुलप्याड मोबाइल फोन बिक्री गरिरहेको छ भने ग्राहकरुलाई बिक्रीपछिको सेवाका लागि देशभर ४० भन्दा बढी स्थानमा सर्भिस सेन्टरहरुमार्फत सेवा दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३