close

सरकारले वितरण गरेको ल्यापटपमा मालवेयर

टेकपाना टेकपाना

माघ ११, २०७७ ७:४५

सरकारले वितरण गरेको ल्यापटपमा मालवेयर

काठमाडौं । लकडाउनको समयमा घरबाटै अनलाइन शिक्षा होम स्कुलिङका लागि इङल्याण्ड सरकारले बालबालिकाहरुलाई वितरण गरेको ल्यापटपमा मालवेयर भएको पाइएको छ ।

इङल्याण्डको ब्राडफोर्ड विद्यालयमा वितरण गरिएको ती डिभाइसहरुमा शंकास्पद फाइलहरु पाइएको त्यहाँका शिक्षकहरुले अनलाइन फोरममा बताएका थिए ।

उक्त मालवेयरले रसियाली सर्भरसँग जोडिन खोजेको थियो । इङल्याण्डको सरकारले आफूहरुलाई त्यसबारे भर्खरै जानकारी मिलेको भन्दै त्यसमाथि अनुसन्धान गर्ने बताएको छ ।

ती ल्यापटप निर्माण गर्ने कम्पनी जियोले हाल उक्त विषयमा सरकारसँग मिलेर काम गरिरहेको बताएको छ ।

फोरमको अनुसार उक्त विण्डोज ल्यापटपमा गामार्यू पाइएको थियो । गामार्यू एक किसिमको भाइरस हो, जसलाई २०१२ मा माइक्रोसफ्टले पहिचान गरेको थियो ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३