close

फोनको स्टोरेज फुल भएर दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ ११, २०७७ ११:१७

फोनको स्टोरेज फुल भएर दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । फोन भएपछि त्यसमा फोटो, भिडियोसँगै कयौं आवश्यक एपहरु हुने नै भए । मोबाइल आज हाम्रो जिन्दगीको अहम हिस्सा बनिसकेको छ ।

तर कतिपय समय हामीलाई यही फोनले गर्दा हैरानी महसुस हुने गर्दछ । पटक पटक ह्याङ हुन थाल्दछ ।

अनि कयौं समय स्टोरेजका कारण समस्या हुन्छ । यदि हरेक पटक तपाईंलाई फोनको स्टोरेजले दिक्क पारिरहेको छ भने आज हामी तपाईंलाई त्यसको समाधानको बारेमा बताउँदै छौं ।

क्लिनिङ एपको प्रयोग गर्नुहोस्

फोनको मेमोरी फुल हुँदै जाँदा अक्सर प्रयोगकर्ताले क्लिनिङ एपको प्रयोग गरिरहेका हुन्छन् । यसको साटो तपाईं गुगलको फाइल एप प्रयोग गर्नुहोस् ।

यसले क्लिनिङ एपको समेत काम गर्दछ । यसमा जंक फाइल, डुप्लिकेट फाइल, मिम्स, ठूला फाइल आदि कयौं चिजहरु एकसाथ हेर्न सकिन्छ । यसको प्रयोगबाट काफी मात्रामा स्टोरेज खाली गर्न सकिन्छ ।

टेम्पररी फाइल डिलिट गर्नुहोस्

फोनमा रहेका क्याश फाइल डिलिट गरेर समेत तपाईं फोनको स्टोरेज खाली गर्न सक्नुहुन्छ । यसका लागि फोनको सेटिङबाट म्यानेज एप्स हुँदै एप खोल्नुहोस् र क्लियर डेटामा गएर क्याश क्लियर गर्नुहोस् । तपाईंले फोनको स्टोरेजमा गएर एकसाथ सबै एपको क्याश क्लियर समेत गर्न सक्नुहुन्छ ।

क्लाउड स्टोरेज प्रयोग गर्नुहोस्

फोटो तथा भिडियोले फोनको धेरैजसो स्टोरेज खपत गरिरहेको हुन्छ । यस्तोमा फोनको स्टोरेज जोगाउन तपाईंले गुगल फोटोज वा अन्य क्लाउड सर्भिस प्रयोग गर्न सक्नुहुन्छ ।

त्यसो त पछिल्लो समय मोबाइल कम्पनीहरुले नै क्लाउड स्टोरेज अफर गरिरहेका छन् । यस्तोमा तपाईं क्लाउड स्टोरेज प्रयोग गरेर आफ्ना फोटो तथा भिडियो फाइलहरु क्लाउड सर्भरमा राख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३