close

के तपाईंलाई पनि फेसबुकले जबरजस्ती लगआउट गर्न लगायो ?

टेकपाना टेकपाना

माघ ११, २०७७ १४:१

के तपाईंलाई पनि फेसबुकले जबरजस्ती लगआउट गर्न लगायो ?

काठमाडौं । आइतबार बिहान ८ बजे तिर केही फेसबुक प्रयोगकर्ताले फेसबुक एपले आफूलाई जबरजस्ति लगआउट गर्न लगाएपछि पुनः लगईन गर्नुपरेको गुनोसो सामाजिक सञ्जालमा व्यक्त गरे ।

प्रयोगकर्ताहरुका अनुसार मोबाइल एपमा फेसबुक चलाउँदा चलाउँदै बीचमै लगआउट गर्न लगाएपछि पुनः लगईन गर्नुपरेको थियो । यस्तो समस्याको विषयमा प्रयोगकर्ताले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेसँगै फेसबुक यो विषयमा बोलेको छ ।

फेसबुकका अनुसार यो ‘कन्फिग्रेसन’ मा आएको परिवर्तनको असर हो । कम्पनीले कस्तो खालको कन्फिग्रेसन परिवर्तन भन्ने विषयमा विस्तृत जानकारी भने दिएको छैन ।

I found out the issue….. ????

Posted by Meteorologist Ashley Gann on Friday, January 22, 2021

तर, कतिपय प्रयोगकर्ताले भने तपाईंको सेसन एक्सपायर भयो भन्ने म्यासेज आएको समेत बताएका छन् । अहिले ट्वीटरमा यो विषय चर्चामा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३