close

युरोपेली संसदको केरकारमा फेसबुक, अमेजन, एप्पल र गुगल

टेकपाना टेकपाना

माघ ११, २०७७ २१:३८

युरोपेली संसदको केरकारमा फेसबुक, अमेजन, एप्पल र गुगल

काठमाडौं । अमेजन, एप्पल, फेसबुक, गुगल लगायत विश्वका दिग्गज प्रविधि कम्पनीहरु युरोपेली युनियन (ईयू) का सांसदहरुको केरकारमा पर्ने भएका छन् । आगामी फेब्रुअरी १ मा ईयूको मुख्यालय ब्रसेल्समा उक्त सुनुवाई हुँदैछ ।

जहाँ उल्लेखित प्रविधि कम्पनीका सीईओहरुलाई आमन्त्रण गरिएको छ । हाल प्रविधि जगतमा अमेरिकी कम्पनीको दबदबा छ ।

उक्त दबदबालाई तोड्ने योजनाका साथ उक्त सुनुवाई हुन लागेको हो । युरोपले प्रविधि कम्पनीहरुबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने तथा अनलाइनमा फैलिने फेक न्यूज र हानिकारक सामग्रीको नियन्त्रण सम्बन्धी युरोपेली आयोगको नयाँ प्रस्ताव अघि बढाएको छ ।

उक्त प्रस्तावमाथि युरोपेली संसदले आगामी महिनासम्म आफ्नो राय दिनुपर्ने छ । सोही राय संकलनका लागि युरोपेली संसदले दिग्गज प्रविधि कम्पनीका सीईओसँग सोधपुछ गर्न लागेको हो ।

संसदले सीईओहरुलाई पठाएको पत्रमा कम्पनीको हालको व्यवसायिक मोडल तथा आगामी योजनाका विषयमा बुझ्नु रहेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४