close

अनलाइन गेमको आम्दानी एक वर्षमै १६४ खर्ब, कसकाे कमाई कति ?

टेकपाना टेकपाना

माघ १२, २०७७ १२:६

अनलाइन गेमको आम्दानी एक वर्षमै १६४ खर्ब, कसकाे कमाई कति ?

काठमाडाैं । पछिल्लाे एक वर्षमा अनलाइन गेमको बजार बढेकाे छ । सुपरडेटा नामक अनुसन्धान कम्पनीले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार सन् २०२० मा डिजिटल गेम र अनलाइन गेमिङले १३९.९ विलियन अमेरिकी डलर अर्थात १६४ खर्ब रूपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

उक्त प्रतिवेदन अनुसार सन् २०२० काे डिसेम्बर महिना डिजिटल गेमिङको लागि सबैभन्दा उत्कृष्ट समय भएको छ । साे महिनामा मात्रै डिजिटल गेमको आम्दानी १२ विलियन अमेरिकी डलरभन्दा बढी छ । जुन सन् २०१९ डिसेम्बरको तुलनामा १५ प्रतिशतले बढी हो ।

SuperData's year-in-review data for games in 2020.

समग्रमा हेर्ने हो भने सन् २०१९ को तुलनामा डिजिटल गेमिङको आम्दानी १२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै मोबाइल गेममा ५ प्रतिशत, गेमिङ कन्सोल गेममा १६ प्रतिशत र पीसी गेममा ४० प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ ।

त्यसमध्ये सबैभन्दा बढी मोबाइल गेममा प्रयोगकर्ताले खर्च गरेको छन् । मोबाइल गेममा मात्रै सन् २०२० मा प्रयोगकर्ताले ७३.८ विलियन अमेरिकी डलर खर्च गरे । त्यस्तै गेमिङ कन्सोल गेममा १९.७ विलियन अमेरिकी डलर र पीसी गेममा ३३.१ विलियन अमेरिकी डलर खर्च गरेको साे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार अनलाइन गेममा सबैभन्दा बढी कल अफ ड्युटीले आम्दानी गरेको छ । त्यस्तै फ्री गेमतर्फ अनर अफ किंङ्स र पिसकिपरले समान रुपमा आम्दानी गरेका छन् । उनीहरुको आम्दानी २ अर्ब डलरको हाराहारीमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४