close

फ्लिप लेन्स भएको पहिलो फाइभजी स्मार्टफोन ल्याउँदै सामसङ

टेकपाना टेकपाना

माघ १२, २०७७ १६:१८

फ्लिप लेन्स भएको पहिलो फाइभजी स्मार्टफोन ल्याउँदै सामसङ

काठमाडौं । सामसङले फ्लिप लेन्स भएको पहिलो फाइभजी स्मार्टफोन ग्यालेक्सी ए८२ बजारमा ल्याउने तयारी गरेको छ । सामसङ ग्यालेक्सी ए८० मा जस्तै ए८२ मा क्यामेराका लागि फ्लिपिङ लेन्स उपलब्ध हुने विभिन्न रिर्पोटले उल्लेख गरेका छन् ।

यसअघि सन् २०१९ मा सामसङले ग्यालेक्सी ए८० सार्वजनिक गरेको थियो । ६.७ इन्च ट्रू फुल स्क्रिन डिस्प्लेका साथ भित्रिएको उक्त फोनमा फ्लिपिङ लेन्स डिजाइन रहेको थियो ।

जसमा ४८ मेगापिक्सेलको मुख्य लेन्स र ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर रहेको थियो । साथै थ्रीडी डेप्थ अफ फिल्ड लेन्स पनि रहेको थियो ।

यसमा रियर क्यामेरा र सेल्फी क्यामेरा एउटै थियो । जब प्रयोगकर्ताले सेल्फी मोड अन गर्छन्, क्यामेरा मोड्युल अटोमेटिक रुपमा पछाडिदेखि अगाडि फ्लिप हुन्छ । त्यसैले पनि यो स्मार्टफोनलाई आकर्षण स्मार्टफोनको रुपमा लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४