close

ह्वाट्सएपको ओरालो यात्रा सुरु, एकैपटक लाखौं प्रयोगकर्ताले छोडे साथ

टेकपाना टेकपाना

माघ १२, २०७७ १७:१६

ह्वाट्सएपको ओरालो यात्रा सुरु, एकैपटक लाखौं प्रयोगकर्ताले छोडे साथ

काठमाडौं । ह्वाट्सएपले केही समयअघि आफ्नो नयाँ गोपनीयता नीति र शर्त जारी गरेको थियो । ह्वाट्सएप प्रयोगकर्ताको डेटा अभिभावक कम्पनी फेसबुकसँग सेयर गर्ने उक्त नीति ८ फेब्रुअरीदेखि लागू हुने भनिएको थियो ।

यदि उक्त समयभित्र प्रयोगकताले नयाँ नीति स्वीकार नगरेको खण्डमा सेवा नै बन्द गरिदिने घोषणा कम्पनीले गरेको थियो ।

विश्वव्यापी रुपमै यसको विरोध सुरु भएसँगै कम्पनीले उक्त समय अवधि भने बढाएको छ । अब १५ मे सम्म प्रयोगकताले समय पाउनेछन् । यदि १५ मेसम्म पनि ह्वाट्सएपको नयाँ नीति स्वीकार नगरेको खण्डमा सेवा बन्द हुनेछ ।

यसरी कम्पनीले ल्याएको नयाँ नीतिको असर आफैंलाई देखिएको छ । आफ्नो जानकारी फेसबुकसँग शेयर गर्नुपर्ने अवस्था भएपछि प्रयोगकर्ताहरु ह्वाट्सएप छाड्दै सिग्नल, टेलिग्राम जस्ता अन्य विकल्पमा प्रवेश गरिरहेका छन् ।

प्रयाेगकर्ताहरू अन्य म्यासेजिङ एपमा जोडिँदा यसको असर ह्वाट्सएपमा परेको छ । डेटा एनालिटिक फर्म एपएनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बेलायतमा ह्वाट्सएस सबैभन्दा बढी डाउनलोड हुने एपमा २३ नम्बरमा झरेको छ । त्यसअघिसम्म ह्वाट्सएप उक्त सूचीको आठौं स्थानमा रहेको थियो ।

जनवरी ६ तारिखसम्म सबैभन्दा बढी डाउनलोड हुने एपको सूचीमा शीर्ष हजारमा समेत नपरेको सिग्नल जनवरी ९ मै बेलायतमा पहिलाे नम्बरमा उक्लिएको थियाे । यसकाे अर्थ ह्वाट्सएपले यो अवधिमा लाखौं प्रयोगकर्ता गुमाएको दाबी एपएनीले गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४