close

अब एउटा डिभाइसबाट एक पटकमात्रै ड्राइभिङ लाइसेन्सको आवेदन दिन पाइने

टेकपाना टेकपाना

माघ १२, २०७७ १४:४३

अब एउटा डिभाइसबाट एक पटकमात्रै ड्राइभिङ लाइसेन्सको आवेदन दिन पाइने

काठमाडौं । सवारी चालकको अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि अब एउटा डिभाइसबाट एक पटकमात्रै आवेदन दिन पाइने भएको छ । अनलाइन आवेदनमा विचौलियाको बिगबिगीलाई अन्त्य गर्न यातायात व्यवस्था विभागले नयाँ व्यवस्था ल्याएकाे हाे ।

विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्नेहुँदा साधारण सेवाग्राहीले अनलाइन आवेदन दिने प्रयास गर्दा समस्या आएको भन्दै विभागले नयाँ व्यवस्था ल्याएकाे हाे ।

विभागका अनुसार यो नीति लागू भएसँगै अब एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन सकिने छ ।

यदि कुनै डिभाइसबाट एकभन्दा बढी आवेदनका लागि प्रयास गरेको खण्डमा ‘युज अनोदर मशिन’ भन्दै नोटिफिकेसन देखाउँछ ।

यसअघि विभागले गत शुक्रबारदेखि लाइसेन्सको अनलिमिटेड फर्म लिनेगरी व्यवस्था सुरु गरिसकेको छ । यो हुँदा अहिले एक दिनमा जतिले पनि आवेदन दिन पाउनेछन् ।

यी दुवै कार्यको सुरुवात गर्नुको उद्देश्य सेवाग्राहीलाई सहजता र विचौलियाको सक्रियतालाई कम गर्नु रहेको विभागका सूचना अधिकारी लाेकनाथ भुसालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४