close

फाइभजीमा हुन सक्ने फ्रिक्वेन्सी अवरोधको अध्ययन सुरू

टेकपाना टेकपाना

माघ १२, २०७७ १८:११

फाइभजीमा हुन सक्ने फ्रिक्वेन्सी अवरोधको अध्ययन सुरू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी फ्रिक्वेन्सी र नवीनतम प्रविधिमा प्रयोग हुने शटरेन्ज (छोटाे दूरीमा हुने सञ्चार) गर्ने फ्रिक्वेन्सीबिच हुनसक्ने इन्टरफेरेन्स (जुध्ने समस्या) को अध्ययनका लागि प्रक्रिया अघि बढाएको छ ।

त्यसका लागि प्राधिकरणले सोमाबार त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानसँग सम्झौता गरेको हो । सोमबार भएको उक्त सम्झौतामा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनाल र इन्जिनियरिङ्ग अध्ययन संस्थानका तर्फबाट संस्थानका डिन प्राडा. शशिधरराम जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार इन्जिनियरिङ्ग अध्ययन संस्थान फाइभजी मोबाइलका साथै फाइभजीसँग सम्बन्धित नयाँ प्रविधि र अन्य सटरेन्ज डिभाइसबीच हुनसक्ने इन्टरफेरेन्सको अध्ययन गर्नेछ ।

प्राधिकरणको आर्थिक सहयोगमा हुने उक्त अध्ययनले फाइभजी टेक्नोलोजी र सटरेन्ज डिभाइसमा एक अर्काबीच हुनसक्ने इन्टरफेरेन्स अथवा आफैंले आफैलाई गर्न सक्ने इन्टरफेरेन्सको विषयमा संस्थानले अनुसन्धान गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४