close

आईओएसमा नागरिक एपको नयाँ भर्सन, के-के भयो सुधार ?

टेकपाना टेकपाना

माघ १३, २०७७ १२:१७

आईओएसमा नागरिक एपको नयाँ भर्सन, के-के भयो सुधार ?

काठमाडौं । एप्पलको एप स्टोरमा नागरिक एपको नयाँ भर्सनको अपडेट उपलब्ध भएको छ । दुई साताअघि पठाइएको अपडेट रद्द भएपछि शुक्रबार पुनः पठाइएको अपडेट भर्सन १.९ मंगलबारदेखि एप स्टोरमा आएको हो ।

यससँगै आईफोनका केही मोडलहरुमा एप नचल्ने समस्या समाधान भएको बताइएको छ । साथै नागरिकता भेरिफिकेसनमा देखिएको समस्या, भाषागत त्रुटि लगायतका विषय समेत नयाँ भर्सनमा सुधार गरिएको छ ।

आईओएस एप स्टोरमा गएर अथवा यहाँ क्लिक गरेर एप अपडेट गरी नयाँ भर्सन प्राप्त गर्न सकिनेछ । सरकारले सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपमा उपलब्ध गराउने उद्देश्यका साथ ल्याएको नागरिक एप हाल परीक्षणकै क्रममा रहेको छ ।

डेभलपर टिमले हाल एपमा थप सुधार गर्ने तथा नयाँ सेवाहरु थप गर्नेतर्फ काम गरिरहेको छ । टिमले एपमा कुनै समस्या देखिको भए ईमेलमार्फत सुझाव तथा जानकारी उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४