close

बर्नि स्याण्डर्सको भाइरल तस्वीरको वास्तविकता

टेकपाना टेकपाना

माघ १३, २०७७ १४:८

बर्नि स्याण्डर्सको भाइरल तस्वीरको वास्तविकता

काठमाडौं । गत बुधबार अमेरिकाका ४६औं राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोह थियो । सोही समारोहमा भर्माउन्टका स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्स पनि उपस्थित थिए ।

मुखमा मास्क र हातमा पञ्जा लगाएर बसेका स्यान्डर्सको तस्वीर सोही समारोहमा अमेरिकाका वरिष्ठ फोटोग्राफर ब्रेनडन स्मियालोस्कीले लिएका थिए । अमेरिकीहरुको ध्यान खिच्दै अहिले त्यो तस्वीर भाइरल बनेको छ ।

हेर्दा सामान्य लाग्ने यो तस्वीरले इन्टरनेटको दुनियाँमा एक प्रकारको लहर पैदा गरिरहेको छ । विश्वभर त्यसबाट सिर्जनात्मक मिमहरु बन्ला भनेर फोटोग्राफर ब्रेनडनले कम्पना समेत गरेका थिएनन् ।

ग्लोबल न्युज एजेन्सी एएफपीमा कार्यरत ब्रेनडन राजनीतिक ब्युरोका फोटोपत्रकार हुन् । ब्रेनडनको उक्त तस्वीरमा देखिएको स्यान्डर्सको मुद्राले कार्यक्रमको दौरान उनी आनन्दित देखिन्छन् ।

ब्रेनडन भन्छन्, ‘यो एउटा महान् तस्वीर होइन, तर एउटा सुन्दर क्षण हो,’ उनले भने । एसक्वायर मिडियाका पत्रकार रोब लिडोन उक्त तस्वीरलाई अमेरिकी राजनीतिक इतिहासको एउटा महत्वपूर्ण दस्तावेजभन्दा अतिशयोक्ति नहुने बताउँछन् ।

बुधबार उक्त शपथग्रहण समारोहमा नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथ लिन आधा घण्टाअगाडि स्थानीय समय अनुसार बिहान साढे ११ बजे ब्रेनडनले सो तस्वीरलाई आफ्नो क्यामेरामा कैद गरेका थिए ।

उनी भन्छन्, ‘म निश्चित पोजिसनमा थिएँ । यसरी बस्दा तपाईंलाई सृजनात्मक हुन निकै अप्ठ्यारो पर्छ । वास्तवमा त्यो एउटा ऐतिहासिक क्षण थियो र त्यहाँ मैले इतिहासको एउटा कालखण्ड र त्यसको वास्तविकतालाई झल्काउने तस्वीर लिनुपर्ने थियो । तर केही कुराले यो शपथग्रहण समारोहलाई छुट्टै बनाएको थियो ।’

उनी अगाडि भन्छन्, ‘सबैभन्दा पहिलो कुरा त कोभिडको असर र त्यसपछि जनवरी ६ मा भएको क्यापिटल हिलको दङ्गा, मतपरिणामप्रति निवर्तमान राष्ट्रपतिको असन्तुष्टि, यी सबै कुरालाई प्रतिनिधित्व र व्याख्या गर्न सक्ने तस्वीरको खोजीमा थिएँ ।

हुन त म त्यसलाई बाहिरको सुरक्षा, टाढा टाढा राखिएको सिट, समारोह हेर्न मलमा झुम्मिएका मान्छेहरुको भीड यी कुराहरुलाई पनि देखाउन सक्थेँ । यस्तो बेला म यो कथालाई कसरी तस्वीरले व्याख्या गर्ने होला भनेर सोचिरहेको थिएँ ।

साथै यदि एउटै तस्वीरले गर्न परे कसरी गर्थेँ होला भनेर सोचिरहेको थिएँ ।’ ‘यस्तो बेला समारोहमा आउने विभिन्न व्याक्तित्वहरुको अन्तर्क्रिया क्षणहरु धेरै नै निर्णायक र महत्वपूर्ण हुन्छन् ।

मैले सबैतिर नजर डुलाइरहेको थिएँ । तर हामी सबैलाई थाहा छ, बर्नी स्याण्डर्सले प्रारम्भिक चरणको मतदानमा तगडा मत ल्याएका थिए र राजनीतिमा उनको ब्राण्ड पनि निकै प्रभावशाली छ ।

त्यसमाथि उनको छवि पनि निकै गह्रुङ्गो छ । यसैले मेरो आँखा उनीमाथि थियो । साथै टेड क्रु र जोस हावलेमाथि पनि थियो । शपथग्रहण हुन लाग्दा समारोहको तल्लो भागमा बसेको थिएँ ।

त्यसै समय मैले यो तस्वीर लिएको हो ।’ त्यसलगत्तै उनले ती तस्वीरहरु आफ्नो सम्पादककहाँ पठाएका थिए । तस्वीर प्रकाशन भएको भोलीपल्ट अर्थात् बिहीबार मात्र ब्रेनडानले सो तस्वीर भाइरल भएको थाहा पाएको बताउँछन् । एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४