close

अनलाइनबाटै एनआईसी एशियाको डेबिट कार्ड लिन सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

माघ १३, २०७७ १४:४५

अनलाइनबाटै एनआईसी एशियाको डेबिट कार्ड लिन सकिने, यस्तो छ तरिका

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड लिन मिल्ने सुविधा ल्याएकाे छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रमलाई निरन्तरता दिँदै आएको बैंकले ग्राहकको सहजताको लागि अनलाइनबाटै डेबिट कार्ड लिने मिल्ने सेवाको सुरुवात गरेको हो ।

योसँगै बैंकका ग्राहकले जुनसुकै स्थान र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्डका लागि निवेदन दिन सक्छन् ।

ग्राहकले हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने उद्देश्यका साथ बैंकले आफ्नो वेबसाइमा रहेको ‘iServe’ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको हो ।

‘iServe’ भित्र तपाईंले ‘Card Services’ भन्ने विकल्पमा क्लिक गर्नुहाेस् ।

अब त्यसभित्र रहेको ‘New Card Request’ मा क्लिक गर्नुहाेस् ।

अब आफ्नो बैंकमा रहेको खातासम्बन्धी विवरण उल्लेख गरी ‘Verify’ गर्नुहाेस् । यसपछि डेबिट कार्ड आवेदनको प्रक्रिया अगाडि बढ्नेछ ।

यसपछि ‘Instant Card’ वा ‘Name Embossed Card’ तथा आफूलाई पायक पर्ने शाखा छनौट गरी Submit गर्नुहाेस् ।

त्यति गरेसँगै बैंकले तपाईंलाई एसएमएस (SMS) मार्फत आवेदन सफल भएको Reference कोड सहित जानकारी गराउने छ ।

यसरी दिएको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपछि बैंकले तपाईंलाई एसएमएस तथा फोनमार्फत खबर गर्नेछ ।

उक्त Reference कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट आफूले अनुरोध गरेको डेबिट कार्ड प्राप्त गर्न सकिनेछ ।

अनलाइनबाटै डेबिट कार्ड लिन सकिने याे सुविधाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहकले मुक्ति पाउने विश्वास बैंकले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४