close

खल्तीको चौंथो वार्षिकोत्सवको अवसरमा टिभीदेखि स्मार्टफोनसम्म जित्ने अवसर

टेकपाना टेकपाना

माघ १३, २०७७ १७:१३

खल्तीको चौंथो वार्षिकोत्सवको अवसरमा टिभीदेखि स्मार्टफोनसम्म जित्ने अवसर

काठमाडाैं । लाेकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चाैंथाे वर्षमा प्रवेश गरेकाे छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंङ कारोबार सहज र सरल बनाउँदै आएकाे छ ।

सुरू गरेकाे तीन वर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयाेगकर्ता भएका थिए । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ ।

यसकाे प्रयाेग गरेर माेबाइलबाटै टपअप, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद र होटेल रुम बुकिङ गर्न सकिन्छ ।

त्यस्तै ई-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु खल्तीबाट लिन सकिन्छ ।

खल्तीबाट रकम भुक्तानी  गर्दा क्यासब्याक समेत पाइन्छ । यसले गर्दा ग्राहककाे नगदकाे  बचतसमेत हुन्छ । खल्तीले वार्षिकाेत्सवका अवसरमा नयाँ याेजना सुरू गरेकाे छ ।

यस याेजना अन्तर्गत कुल १६ जना प्रयोगकर्ताले ४ हप्तासम्म ४ वटा सुविधामध्ये कुनै एकको भुक्तानी गरी सहमागी भएर निम्न उपहार जित्न सक्नेछन्।

  • डीटीएचकाे शुल्क भुक्तानी गर्नेलाई – १ टिभी 
  • मोबाइल रिचार्ज गर्नेलाई – १ स्मार्टफाेन 
  • इन्टरनेट शुल्क भुक्तानी गर्नेलाई – १ वर्षे इन्टरनेट सब्सक्रिप्सन 
  • खल्ती बैंक डाइरेक्ट अन्तर्गत बैंक लिंक गर्दा  – १ स्मार्ट वाच  

यो याेजना यही जनवरी २६ देखि फेब्रुअरी २६ सम्म एक महिना सञ्चालन हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४