close

अमेजनलाई उछिन्दै ५ वर्षपछि एप्पल बन्यो विश्वकै मूल्यवान ब्राण्ड

टेकपाना टेकपाना

माघ १५, २०७७ १६:२०

अमेजनलाई उछिन्दै ५ वर्षपछि एप्पल बन्यो विश्वकै मूल्यवान ब्राण्ड

काठमाडौं । ई–कमर्स कम्पनी अमेजनलाई उछिन्दै एप्पल पाँच वर्षपछि पुनः विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । २६० बिलियन अमेरिकी डलर अर्थात ३०२ खर्ब ९३ अर्ब भन्दा बढी ब्राण्ड भ्यालुका साथ एप्पल विश्वकै सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको हो ।

ब्राण्ड फाइनान्स ग्लोबल ५०० ले तयार पारेको र्‍याङ्किङ अनुसार एप्पलले अमेजन, गुगललाई पछि पारेको छ । प्रविधिका विभिन्न विधामा हात हाल्ने एप्पलको निर्णयले गत वर्षको तुलानमा ८७ प्रतिशतले ब्राण्ड भ्यालु वृद्धि भएको उल्लेख गरिएको छ ।

कम्पनीको हाल आईफोन, आईप्याडका अलावा एप स्टोर, आई क्लाउड, एप्पल पोडकास्ट, म्युजिक, टीभी र आर्केड जस्ता प्रोडक्ट रहेका छन् । भने, सन् २०२४ सम्म सेल्फ ड्राइभिङ कार ल्याउने तयारीमा कम्पनी रहेको छ ।

अध्ययन अनुसार पाँच वर्षअघि कम्नीको कुल आम्दानीको तीन भागमध्ये दुई भाग आईफोन रहेको थियो । तर, सन् २०२० मा आइपुग्दा एप्पलको आम्दानीमा आईफोनको हिस्सा ५० प्रतिशतमात्रै रहेको छ ।

उक्त सूचीको दोस्रो नम्बरमा अमेजन रहेको छ । जसको ब्राण्ड भ्यालु २५४.२ विलियन अमेरिकी डलर अर्थात २९६ खर्ब १७ अर्ब भन्दा बढी रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि हो ।

तेस्रो नम्बरमा गुगल, चौंथोमा माइक्रोसफ्ट र पाँचौमा सामसङ रहेकाे छ । जसको ब्राण्ड भ्याुलु क्रमश १९१.२ बिलियन, १४०.५ बिलियन र १०२.६ बिलियन अमेरिकी डलर रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४