close

बिना ब्याज किस्तामा यसरी लिनुहोस् सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा

टेकपाना टेकपाना

माघ १६, २०७७ १२:४५

बिना ब्याज किस्तामा यसरी लिनुहोस् सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा

काठमाडौं । सामसङले हालै सार्वजनिक गरेको ग्यालेक्सी एस सिरिजका स्मार्टफोन किस्तामै किन्न सकिने भएको छ । सामसङ नेपालले शून्य ब्याजदरमै ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा, ग्यालेक्सी एस २१, सामसङ ग्यालेक्सी एस २१ प्लस खरिद गर्न सकिने व्यवस्था मिलाएको हो ।

सामसङले आफ्नो मोबाइल सेग्मेन्टमा शून्य प्रतिशत ब्याजदरमा किस्ता सुविधा उपलब्ध गराएको यो नै पहिलो पटक हो । किस्ता सुविधा सामसङ ब्राण्ड स्टोरमा सहजै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सामसङका अनुसार एनआईसी एसिया बैंक, एनआईबीएल बैंक, नबिल बैंक, सानिमा बैंक र ग्लोबल आईएमई बैंकबाट शून्य ब्याजदरमा किस्ता सुविधा प्रदान गरिनेछ । एनआईबीएल बैंकले भने सुरुवाति १५० ग्राहकलाई किस्ता सुविधा सहित थप २५ क्याशब्याक समेत उपलब्ध गराउने बताइएको छ ।

कति छ मूल्य ?

१२ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेज सहितको सामसङ ग्यालेक्सी एस २१ अल्ट्राको मूल्य एक लाख ५४ हजार ९९९ रहेको छ । त्यस्तै ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको एस २१ प्लसको मूल्य १ लाख २९ हजार ९९९ राखिएको छ ।

यसैगरी बेस भेरियन्टको सामसङ ग्यालेक्सी एस २१ को मूल्य १ लाख ९ हजार ९९९ रहेको छ । जसमा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको छ ।

यसरी लिन सकिन्छ किस्ता सुविधा

इच्छुक ग्राहकहरुले १२ महिने किस्तामा सामसङ ग्यालेक्सी एस २१ सिरिजका स्मार्टफोन खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार प्रति महिना किस्ता रकम सामसङ ग्यालेक्सी एस २१ का लागि ९,२०० सय रुपैयाँ, ग्यालेक्सी एस २१ प्लसका लागि १०,९०० रुपैयाँ र ग्यालेक्सी एस २१ अल्ट्राका लागि १२,९०० रुपैयाँ पर्नेछ ।

यद्यपी बैंक अनुसार किस्ता रकम केही फरक पर्न सक्नेछ । कम्पनीका अनुसार देशभर रहेका सामसङका १६ ब्राण्ड स्टोरहरुमा मात्र किस्ता सुविधा उपलब्ध रहेको छ । जसमध्ये धेरैजसो काठमाडौं उपत्यकामा रहेका छन् भने बाँकी पोखरा, धनगढी, दाङ, बुटवल र बिरगञ्जमा छन् ।

किस्तामा सामसङको नयाँ फोन लिन चाहनेहरुले सम्बन्धित फोनको कोटेसन लिएर बैंकमा जानुपर्ने हुन्छ । त्यसपछि बैंकले आवश्यक कागजात माग्नेछ ।

क्रेडिटकार्डका लागि योग्य ठहर गरेपछि बैंकले डेलिभरी अर्डर दिने र सो अर्डर लिएर स्मार्टफोन प्राप्त गर्न सकिनेछ । प्रि बुकिङ गरेका ग्राहकले २ फेब्रुअरीदेखि र अन्य ग्राहकले ५ फेब्रुअरी देखि ग्यालेक्सी एस २१ सिरिजका स्मार्टफोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

सामसङका नयाँ प्रिमियम फोनमा के छ ?

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रामा ६.८ इन्चको एमोलेड क्वाड एचडी प्लस डिस्प्ले दिइएको छ । जसको स्क्रिन रेजोलुसन १४४० बाई ३२०० पिक्सेल रहेको छ ।

यो फोनको डिस्प्लेको रिफ्रेश रेट १० हर्जदेखि १२० हर्जसम्म रहेको छ । यो फोनमा एड्भान्स अक्टा कोर एक्साइनस २१०० एसओसी प्रोसेसर राखिएको छ । यसमा एस पेनको सपोर्ट समेत रहेको छ ।

सामसङ ग्यालेक्सी एस २१ अल्ट्राको क्यामेराको कुरा गर्दा यसको पछाडि भागमा ४ वटा क्यामेरा राखिएको छ । जसमा प्राइमरी क्यामेरा १०८ मेगापिक्सेलको छ ।

साथै १२ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स, १० मेगापिक्सेलको डेप्थ सेन्सर र १० मेगापिक्सेलकै म्याक्रो लेन्स दिइएको छ । यसमा ४० मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

सामसङको यो आधुनिक स्मार्टफोनमा १००X स्पेस जुमको सपोर्ट समेत रहेको छ । सामसङ ग्यालेक्सी एस २१ अल्ट्रामा ५००० एमएएचको ब्याट्री दिइएको छ । जसमा वायरलेस चार्जिमङ फिचर समेत रहेको छ ।

यसैगरी सामसङ ग्यालेक्सी एस २१ को फिचरको कुरा गर्ने हो भने यसमा ६.२ इन्चको फुल एचडी प्लस डाइनामिक एमोलेड २ एक्स इन्फिनिटी ओ डिस्प्ले दिइएको छ । जसको स्क्रिन रेजोलुसन १०८० बाई २४०० पिक्सेल रहेको छ ।

यसको स्क्रिनको डिस्प्ले रिफ्रेश रेट १२० हर्ज छ । यो फोनमा सामसङले अक्टाकोर एक्साइनस २१०० एसओसी प्रोसेसर राखेको छ । यो फोन चार वटा कलर अप्सनमा बजारमा आउनेछ ।

सामसङ ग्यालेक्सी एस २१ को पछाडि भागमा तीन वटा क्यामेरा राखिएका छन् । जसमा प्राइमरी सेन्सर ६४ मेगापिक्सेलको रहेको छ ।

यसको साथमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र १२ मेगापिक्सेलकै डुअल पिक्सेल सेन्सर दिइएको छ । यो फोनमा सेल्फीका लागि १० मेगापिक्सेलको क्यामेरा छ ।

साथै यो फोनमा ४००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसले समेत वायरलेस चार्जिङलाई समेत सपोर्ट गर्दछ ।

त्यस्तै सामसङ ग्यालेक्सी एस २१ प्लसमा ६.७ इन्चको फुल एचडी प्लस डाइनामिक एमोलेड २X इन्फिनिटी ओ डिस्प्ले राखिएको छ । जसको रेजोलुसन १०८० बाई २४०० पिक्सेल रहेको छ ।

यो फोनको डिस्प्लेको रिफ्रेश रेट १२० हर्ज छ । कम्पनीले यो फोनलाई एक्साइनस २१०० एसओसी प्रोसेसरका साथ सार्वजनिक गरेको हो ।

सामसङको यो फोनको समेत पछाडि भागमा ३ वटा क्यामेरा राखिएका छन् । जसमा प्राइमरी सेन्सर ६४ मेगापिक्सेलको रहेको छ ।

साथमा १२ मेगापिक्सेलको डुअल पिक्ससेल सेन्सर र १२ मेगापिक्सेलकै अल्ट्रा वाइड लेन्स दिइएको छ । सामसङ ग्यालेक्सी एस २१ प्लसमा १० मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

कम्पनीले ग्यालेक्सी एस २१ प्लसमा ४८०० एमएएच क्षमताको ब्याट्री राखेको छ । यसमा पनि वायरलेस चार्जिङको सपोर्ट रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४