close

ह्वावेको बजार संकटमा, सामसङभन्दा बढी बिक्यो आईफोन

टेकपाना टेकपाना

माघ १६, २०७७ १६:९

ह्वावेको बजार संकटमा, सामसङभन्दा बढी बिक्यो आईफोन

काठमाडौं । कोरोना भाइरसका कारण सुस्ताएको मोबाइल बजार सन् २०२० को अन्तिम त्रैमासिकमा भने पुनः पुरानै लयमा फर्किएको छ । जसमा एप्पललले सबैभन्दा राम्रो बजार पाएको छ ।

एप्पलले तेस्रो त्रैमासिकको तुलनमा अन्तिम त्रैमासिकमा ९६ प्रतिशत बढी डिभाइस बिक्री गर्न सफल भएको छ । अन्तिम त्रैमासिकमा मात्रै कम्पनीले सामसङको तुलनमा दुई करोड बढी डिभाइस बिक्री गरेको काउन्टर प्वाइन्टको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

कोरियन कम्पनी सामसङलाई एप्पलको पछिल्लो उत्पादन आईफोन १२ सिरिजले दबाव सिर्जना गर्न सफल भएको हो । अर्कोतर्फ सामसङको व्यापार भने अघिल्लो त्रैमासिकको तुलनमा २२ प्रतिशतले घटेको छ ।

यसका बावजुद सामसङ ग्यालेक्सी एस २१ सिरिज मोबाइल बिक्रीको आधारमा कम्पनी तेस्रो स्थानमा रहन सफल भएको छ । जसले गर्दा विश्व बजारमा कम्पनीको हिस्सा १९ प्रतिशतका साथ पहिलो नम्बरमा रहेको छ ।

त्यसैगरी एप्पल १५ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा छ । तर, सन् २०२० को अन्तिम त्रैमासिक अवधि ह्वावेका लागि भने डरलाग्दो सपना जस्तै भएको छ ।

तेस्रो त्रैमासिकमा चौथो नम्बरमा रहेको ह्वावे पछाडि धकेलिँदै एकै पटक छैटौं स्थानमा धकेलिएको छ । कम्पनीले यस अवधिमा जम्मा तीन करोड ३० लाख डिभाइस मात्र बिक्री गर्न सकेको छ ।

जुन अघिल्लो त्रैमासिकको तुलनमा ३५ प्रतिशतले कम हो । बिबिके ब्राण्डको मार्केटिङ भित्र रहेका ओप्पो र भिभोले तेस्रो त्रैमासिकको तुलनमा क्रमशः दश र आठ प्रतिशत बढी डिभाइस बिक्रि गर्न सफल भएका छन् ।

सन् २०२० को बजारलाई एकमुस्ट रुपमा हेर्न हो भने ह्वावे अझै पनि तेस्रो स्थानमा ओगट्न सफल भएको छ । ह्वावेले सन् २०२० मा १८७.७ मिलियन डिभाइस बिक्रि गर्दै १४ प्रतिशत बजार हिस्साका साथ तेस्रो स्थानामा रहेको छ ।

तर, कम्पनीले आफ्नो सब ब्राण्ड अनरको बिक्रि र अमेरिकाको प्रतिवन्द्धले सन् २०२१ मा ह्वावेको मार्केट अझ घट्ने अनुमान गर्न सकिन्छ । यो अवधिमा साओमीले राम्रो सफलता हात पार्न सफल भएको छ ।

अघिल्लो वर्षको तुलनमा १७ प्रतिशत बढी स्मार्टफोन बिक्रि गर्दै साओमी चौंथो स्थानमा रहेको छ । त्रैमासिकको रुपमा हेर्न हो भने साओमी सन् २०२० को अन्त्तिम त्रैमासिकका तेस्रो स्थाना ओगट्न सफल भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४