close

अब नेटफ्लिक्समा टाइमर राखेर फ्लिम हेर्न सकिने

टेकपाना टेकपाना

माघ १९, २०७७ ११:१९

अब नेटफ्लिक्समा टाइमर राखेर फ्लिम हेर्न सकिने

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले नयाँ फिचरको परीक्षण गरिरहेको छ । जसले प्रयोगकर्तालाई उनीहरुको मनपर्ने शो तथा फ्लिम हेर्दा टाइमर राखेर हेर्न सक्ने भएका छन् ।

यो फिचर हाल एन्ड्रोइडका केही प्रयोगकर्तामाझ परीक्षणका लागि उपलब्ध भएको छ । प्रयोगकर्ताको भिडियो हेराईको अनुभवलाई अझ परिस्कृत गर्ने योजनाका साथ कम्पनीले नयाँ फिचर परीक्षण गरिरहेको जनाएको छ ।

कम्पनीका अनुसार यो फिचर हाल एडल्ट प्रोफाइलका प्रयोगकर्तामाझ मात्रै परीक्षण भइरहेको छ । भने, त्यहाँबाट आएको प्रतिक्रियाका आधारमा किड्स प्रोफाइलमा पनि उपलब्ध गराइने छ ।

कम्पनीका प्रवक्ताका अनुसार परीक्षण पश्चात यसलाई विश्वव्यापी रुपमै प्रयोगमा ल्याइनेछ । जसले प्रयोगकर्ताकाे भिडियो हेराईको अनुभवलाई अझ नयाँपन दिने विश्वास कम्पनीले लिएको छ ।

विषेशगरी रातकाे समयमा नेटफ्लिक्स हेर्दा हेर्दै निदाउनाले वा हेर्दाहेर्दै कति बज्यो भन्ने नै थाहा नभएर रातभर हेरिरहने खालका समस्याबाट यसले प्रयोगकतालाई छुट्कारा दिलाउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१