close

भारतमा कल गर्न एनसेलले ल्यायो सस्तो प्याक

टेकपाना टेकपाना

माघ २०, २०७७ १४:२७

भारतमा कल गर्न एनसेलले ल्यायो सस्तो प्याक

काठमाडौं । एनसेलले भारतमा कल गर्न सस्तो प्याक सार्वजनिक गरेको छ । योसँगै एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्नेछन् ।

कम्पनीले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न सकिने गरी दैनिक र ३ दिने भ्वाइस प्याक ल्याएको छ ।

कम्पनीले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको यस भ्वाइस प्याक अन्तर्गत ग्राहकले करसहित २५ रुपैयाँमा भारतको कुनै पनि नम्बरमा १० मिनेट कल गर्न सक्छन् ।

यो दैनिक प्याक हो, यसको अवधि २४ घण्टामात्रै रहने छ । यसका लागि प्रिपेड ग्राहकले *१७११८*७*१# डायल गर्न सक्छन् ।

त्यस्तै विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने भ्वाइस प्याक पनि कम्पनीले ल्याएको छ । तीन दिनको समयसिमा रहेको यो भ्वाइस प्याकमा ग्राहकले करसहित १४ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

जसमा प्रतिमिनेट १.९९ रुपैयाँ (करसहित २.५४ रुपैयाँ प्रति मिनेट) को दरमा भारत कल गर्न सकिने छ । भ्वाइस प्याक बिना भारत कल गर्दा विद्यमान शुल्क २.९९ रुपैयाँ प्रति मिनेट (कर सहित ३.८२ रुपैयाँ प्रति मिनेट) रहेको छ ।

प्रिपेड ग्राहकले *१७११८*७*२# डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।

ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१