close

ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा थाल्दै ग्लोबल आईएमई बैंक

टेकपाना टेकपाना

माघ २३, २०७७ १३:१२

ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा थाल्दै ग्लोबल आईएमई बैंक

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड(एससीटी) र ग्लोबल आईएमई बैंकबीच डिजिटल बैंकिङका लागि सम्झौता भएको छ ।

बैंकिङ क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ पहुँच सजिलै पुर्‍याउने उद्देश्यका साथ निमार्ण गरिएको ‘ओम्नी च्यानल डिजिटल बैंकिङ सोलुशन’ मार्फत सेवा उपलब्ध गराउने गरी बुधबार एससीटीले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेको हो ।

एससीटीले निमार्ण गरेको उक्त बैंकिङ सोलुशनमा मोबाइल बैंकिङ, ई–बैंकिङ, सेल्फ बैंकिङ, स्मार्ट क्यूआर/कार्ड मार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछ ।

यसले बैंकका ग्राहकले आफ्नो आवश्यकता अनुसार छिटो/छरितो, मितव्ययी र सरलढंगले बैंकिङ सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो सेवा बैंकले छिट्टै नै ग्राहकका लागि सञ्चालनमा ल्याउने जनाएको छ । परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्द्धन गर्ने एससीटीको लक्ष्य रहेको छ ।

सोही लक्ष्य अनुरुप नै बैंक तथा वित्तीय संस्थालाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१