close

प्रति एमबी २.५ पैसासम्म सस्तोमा चलाउन सकिने एनसेलका डेटा प्याक

टेकपाना टेकपाना

माघ २४, २०७७ १५:२१

प्रति एमबी २.५ पैसासम्म सस्तोमा चलाउन सकिने एनसेलका डेटा प्याक

काठमाडौं । बजारमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेल गरी तीन वटा कम्पनीले मोबाइल सेवा दिइरहेका छन् । भ्वाइस तथा डेटामा सबैको आ–आफ्नै दर–रेट छ । 

नियमित दर–रेट भन्दा सस्तोमा डेटा र भ्वाइस प्रयोग गर्न सकिने गरी कम्पनीहरुले ग्राहकका लागि नयाँ–नयाँ प्याकेज तथा अफरहरु ल्याइरहेका हुन्छन् । तर, पनि त्यसको विषयमा पूर्ण जानकारी नहुँदा हामी प्याकेज नलिएरै महंगोमा सेवा उपभोग गरिरहेका हुन्छौं ।

जसको प्रतिफल कल तथा डेटामा अनावश्यक रुपमा ठूलो खर्च भइरहेको हुन्छ । सामान्यतया मोबाइल सेवाप्रदायकहरुको भ्वाइस र डेटामा दुई प्रकारको सर्भिस मोडल छ ।

एउटा ‘पे एज यु गो’ अर्थात जति भ्वाइस तथा डेटा प्रयोग गर्‍यो त्यति नै रकम तिर्नुपर्ने । अर्को ‘प्याक मोडल’, प्रयोगकर्ताले निश्चित शूल्क तिरेर प्याक किन्नुपाउने ।

दुवै मोडलका आआफ्नै फाइदा बेफाइदा छन् । प्याक मोडलमा प्रयोग गरे पनि नगरे पनि निश्चित अवधिमा पैसा सकिएर जान्छ ।

तर, यसमा ‘पे एज यु गो’ मोडलको तुलनामा सेवा निकै सस्तो पर्न जान्छ । यदि तपाईं नियमित र धेरै फोन वा डेटा प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि प्याक मोडल नै उपयुक्त हुन्छ ।

एनसेलको डेटा प्याक ‘पे एज यु गो’ र ‘डेटा प्याक’ गरी दुवै मोडलमा उपलब्ध छ । ‘पे एज यु गो’ मोडलमा एनसेलको डेटा प्रयोग गर्दा प्रति एमबी दुई रुपैयाँ पर्न जान्छ । तर, प्याक खरिद गरी प्रयोग गर्दा प्रति एमबी दुई-तीन पैसामै चलाउन सकिन्छ ।

यदि तपाईं मोबाइलमा धेरै डेटा प्रयोग गर्नुहुन्छ भने प्याक लिएर सेवा प्रयोग गर्नु नै तपाईंका लागि उपयुक्त हुनेछ । तपाईंले कम्पनीको मोबाइल एप, वेबसाइट, मोबाइल वालेट अथवा मोबाइलबाट सोझै *17123# डायल गरी एनसेल विभिन्न डेटा प्याकहरु रोजेर लिन सक्नुहुन्छ ।

झट्ट हेर्दा प्रति एमबी सस्तो देखिए पनि यदि प्याक खरिद गरेर सम्पूर्ण रुपमा खपत गर्न सक्नु भएन भने चाहिँ तपाईंलाई प्याक लिएको डेटा महंगो पर्न सक्छ । त्यसैले आफ्नो लागि उपयुक्त डेटा प्याक रोज्नु अघि आफ्नो आवश्यकता र प्रयोगको विषयमा राम्रोसँग सोच्नुहोस् ।

आज हामी तपाईं एनसेलले उपलब्ध गराइरहेका विभिन्न डेटा प्याकहरु मध्ये तपाईंका लागि कुन उपयुक्त हुन सक्छ र प्रति एमबी सबैभन्दा सस्तो प्याक कुन छ भन्ने विषयमा बताउँदै छौं ।  

एक घण्टे प्याक

एनसेलमा २२ रुपैयाँमा एक घण्टासम्म अनलिमिटेड इन्टरनेट चलाउन सकिन्छ ।

अलटाइम डेटा प्याक

एनसेलको यो प्याक अन्तर्गत एक दिनदेखि ३० दिन समयावधि रहेका विभिन्न प्याकेजहरु उपलब्ध छन् । जसअन्तर्गत तपाईंले प्रति एमबी २.६६ पैसामा मोबाइल डेटा चलाउन सकिन्छ ।

अवधिभोलुममूल्यदर (प्रति एमबी)
१ दिन१५० एमबी१८१२
३ दिन८०० एमबी४२५.२५
७ दिन१.५ जीबी९८६.५
१४ दिन२ जीबी१३९६.९५
३० दिन३.५ जीबी२४९७.१
३० दिन६ जीबी३९९६.६५
३० दिन१० जीबी४९९४.९९
३० दिन३० जीबी (प्रति दिन १ जीबी)७९९२.६६

अल्वेज अन

एनसेलको अल्वेज अन प्याकेज अन्तर्गत दुई वटा विकल्प छन् । जसमा प्रति एमबी २.५३ पैसा मै डेटा चलाउन सकिन्छ । तर यसमा उपलब्ध बढी जसो डेटा राति ११ बजेदेखि बिहान ११ बजेसम्म प्रयोग गर्नुपर्ने हुन्छ भने बाँकी डेटा जुनसुकै बेला प्रयोग गर्न सकिन्छ ।

अवधिअलटाइम भोलुमराति ११-बिहान ११ सम्ममूल्यदर प्रति एमबी
१ दिन२५६ एमबी७६८ एमबी२६२.५३
३ दिन४०० एमबी१२०० एमबी४७२.९४

फोरजी डेटा प्याक

एनसेलले फोरजी डेटा प्याकमा दुई वटा विकल्प छन् । एक दिन र तीन दिन समय अवधिका यी डेटा प्याक तपाईंलाई प्रति एमबीको रुपमा केही महंगो पर्नेछन् ।

अवधिअलटाइमफोरजीमूल्यप्रति एमबी पैसा
१ दिन४० एमबी४० एमबी१२१५
३ दिन१२० एमबी१२० एमबी३७१५.४१

नन स्टप फोरजी

पछिल्लो समय निकै लोकप्रिय रहेको एनसेलको नन स्टप फोरजी प्याकमा सस्तो डेटासँगै अनलिमिटेड युट्युव, फेसबुक र टिकटक प्रयोग गर्न सकिन्छ । यसमा अनलिमिटेड सेवामात्र होइन डेटा समेत प्रति एमबी ३.१७ पैसा मात्र पर्न आउँछ ।

युट्युव, फेसबुक र टिकटकमा असीमित रमाउन र पर्याप्त डेटा सहिको यो प्याक सबैभन्दा उपयुक्त हुन सक्छ ।

अवधिअनलिमिटेडप्लसमूल्य रुदर प्रति एमबी
७ दिन युट्युव र फेसबुक४ जीबी १९१ ४.७७
७ दिन युट्युव४ जीबी १२७३.१५
३० दिनयुट्युव६ जीबी ४५९७.६५
१ दिनफेसबुक३१
७ दिनफेसबुक४ जीबी१२७३.१७
३० दिनफेसबुक६ जीबी ४५९७.६५
१ दिनटिकटक३१
७ दिनटिकटक४ जीबी१२७३.१७
३० दिनटिकटक६ जीबी४५९७.६५

मेरो प्लान

यस अन्तर्गतको प्याकेज लिँदा त्यसको अवधि अथवा भोलुम समाप्त भएलगत्तै स्वतः त्यही प्याकेज नवीकरण हुने गर्दछ । यो प्याकेज अन्तर्गत तपाईंले प्रति एमबी ३ पैसासम्म सस्तोमा मोबाइल डेटा प्रयोग गर्न सक्नुहुन्छ ।

अवधिडेटामूल्य रुदर प्रति एमबी
७ दिन२ जीबी९५४.७५
७ दिनननस्टप युट्युव प्लस ४ जीबी१२७३.१७
१५ दिन२ जीबी१४७७.३५
३० दिन३ जीबी२५४८.४७
३० दिन६ जीबी३८१६.३५
३० दिन१५ जीबी६३७४.२४
३० दिन३० जीबी९८०३.२७
३० दिन४० जीबी११९९

न्यु प्लान

एनसेलको न्यु प्लान खासगरी थोरै डेटा प्रयोग गर्ने तर भ्यालिडिटी बढी चाहनेहरुलाई लक्षित गर्दै ल्याइएको हो । यसमा प्रति एमबी १३.२ पैसामा मोबाइल डेटा प्रयोग गर्न सकिने विकल्पहरु छन् ।

अवधिडेटामूल्य रुप्रति एमबी
३ दिन६५ एमबी१९२९.२३ पैसा
५ दिन१५० एमबी३९२६ पैसा
७ दिन२०० एमबी४९२४.५ पैसा
१० दिन३०० एमबी५९१९.६७ पैसा
१४ दिन४०० एमबी६९१७.२५ पैसा
२१ दिन५५० एमबी७९१४.३६ पैसा
३० दिन७५० एमबी९९१३.२ पैसा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१