close

बिरामीको घर-घरमा औषधि डेलिभरी गर्दै ‘हाम्रो फार्मा’

टेकपाना टेकपाना

माघ २३, २०७७ २०:१०

बिरामीको घर-घरमा औषधि डेलिभरी गर्दै ‘हाम्रो फार्मा’

काठमाडौं । नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरुका लागि औषधि सकियो, तर किन्न जान पाइएको छैन भने यसको समाधान एक कम्पनीले ल्याएको छ । साधना होलसेल फार्माले सर्वसाधारणलाई आवश्यक पर्ने औषधि घरमा नै पुर्‍याउने व्यवस्था मिलाएको हो ।

अनलाइन प्रणालीबाट कम्पनीले चिकित्सकको प्रेसक्रिप्सन अनुसारका औषधि घरमा नै पुर्‍याउन थालेको छ । यसका निम्ति उपभोक्ताले कम्पनीको वेबसाइटमा गई लगइन गरेर चिकित्सकको प्रेसक्रिप्सन सब्मिट गर्दै आफूलाई चाहिएको औषधिका मात्रा पनि उल्लेख गर्नुपर्नेछ ।

यसरी सेन्ड गरेको ४८ घण्टाभित्रमा नै उपभोक्ताको घरमा औषधि डेलिभरी हुनेछ । अनलाइनबाहेक फोन, ह्वाट्सएप, भाइबरलगायतका माध्यमबाट पनि औषधि मगाउन सकिने कम्पनीले जनाएको छ ।

यसरी औषधि मगाउँदा उपभोक्ताले १५ प्रतिशतसम्म छुटसमेत पाउनेछन् । तत्काल काठमाडौं उपत्यकाभित्र मात्र सीमित यो सेवा दुई वर्षभित्र देशका मुख्य–मुख्य शहरमा पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ ।

चिकित्सकले सिफारिस गरेका जुनसकै औषधिलाई कम्पनीले सजिलै घरसम्म पुर्‍याइदिने भएपछि कोरोना संक्रमणको यो महामारीमा मानिस जोखिम मोलेर औषधि किन्न भीडभाडमा जानुपर्ने झन्झटबाट मुक्त हुनुको साथै संक्रमणबाट समेत सुरक्षित हुने भएका छन् ।

यसका अतिरिक्त औषधि खरिद गर्न जाँदा लाग्ने समयलाई बिरामीको सेवा वा घर–अफिसको काममा उपयोग गर्न पाउनेछन् भने कतिपय औषधि नपाएर विभिन्न ठाउँमा भौतारिनुपर्ने पीडा पनि अब हुने छैन ।

औषधि पुर्‍याएपछि बिलअनुसारको नगद भुक्तानी वा ईसेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका कार्यकारी निर्देशक असिम शर्माले जानकारी दिए ।

नेपालको औषधि बजारमा नौलो प्रयोगका रूपमा रहेको सेवामूलक यो व्यवसायले सर्वसाधारणको जनजीवनलाई सहज बनाउने अपेक्षा कम्पनीको छ ।

बिरामीको सेवा–सुसार गर्दागर्दै तनावमा रहेका परिवारजनलाई यो सेवाले केही हदसम्म भए पनि सहजता प्रदान गर्न सक्छ । त्यसमा पनि विश्वासिलो र भरपर्दो सेवा उपलब्ध हुने भएकाले छिट्टै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

यो सेवा उपयोग गर्नका निम्ति सर्वसाधारणले याे वेबसाइट, टोल फ्री नम्बर १६६००१४२६७६, फोन, ह्वाट्सएप, भाइबर ९८०१० ०९९७९ र ईमेल [email protected] मार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१