८ जीबी र्‍याम र ५ हजार एमएएच ब्याट्री सहित सामसङ ग्यालेक्सी ए३२ फाइभजी सार्वजनिक

काठमाडौं । सामसङले आफ्नो ‘ए’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । यसअन्तर्गत कम्पनीले मिडियाटेक डाइमेन्सिटी प्रोसेसर भएको ए३२ फाइभजी फोन थाइल्याण्डकाे बजारबाट सार्वजनिक गरेको छ ।

एन्ड्रोइड ११ मा चल्ने यो फोनको मूल्य ९,९९९ थाइ बहट अर्थात् ३८,८०० रुपैयाँ राखिएको छ । यसमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ, जसमा १६०० बाई ७२० पिक्सेल स्किृन रिजोलुसन छ ।

अक्टाकोर मिडियाटेक डाइमेन्सिटी ७२० प्रोसेसर रहेको फोनमा ८ जीबी र्‍याम उपलब्ध गराइएको छ । त्यस्तै १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ भने माइक्रोएसडीबाट थप स्पेस बढाउन सकिन्छ ।

दुईवटा सिम सपोर्ट गर्ने फोनमा साइड-माउन्टेड फिंगरप्रिन्ट सेन्सर रहेको छ । यसमा क्वाड क्यामेरा सेटअप छ, जसमा ४८ मेगापिक्सेलको मुख्य सेन्सर रहेको छ ।

त्यस्तै ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल, ५ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ ।

यसमा १५ वाट फास्ट चार्जिङ सहित ५००० एमएएच ब्याट्री रहेको छ । यो फोन ब्ल्याक, ब्ल्यु, भायोलेट र ह्वाइट कलरमा उपलब्ध छ । नेपाली बजारमा पनि याे फाेन चाँडै उपलब्ध हुने अनुमान गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team