close

स्याटेलाइटबाट अस्ट्रेलियाका टापुमा इन्टरनेट पुर्‍याउँदै एलन मस्क

टेकपाना टेकपाना

माघ २५, २०७७ १५:३३

स्याटेलाइटबाट अस्ट्रेलियाका टापुमा इन्टरनेट पुर्‍याउँदै एलन मस्क

काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सले सन् २०२२ काे सुरूवातदेखि अस्ट्रेलियाको सामुन्द्रिक टापुहरुमा इन्टरनेट पुर्‍याउने भएको छ । अस्ट्रेलियाको संसदीय समितिमा जानकारी दिँदै यसकाे प्रक्रिया थालनी भएकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार स्याटेलाइट मार्फत उपलब्ध गराइने याे इन्टरनेट सन् २०२१ को अन्त्यसम्म अष्ट्रेलियाका धेरैजसाे भू-भागमा पुगी सक्नेछ । भने, टापुहरुको हकमा अर्को वर्षको सुरुवातमै सुरु हुनेछ ।

यसका लागि कम्पनीले पोलार–अर्बिटमा आधारित स्याटेलाइट प्रयोग गर्ने जनाएको छ । हालसम्म कम्पनीले यस्ता १० वटा स्याटेलाइट प्रक्षेपण गरिसकेको छ । कम्पनीले स्याटेलाइटकाे संख्या थप्दै इन्टरनेट सेवा उपलब्ध गराउने याेजना ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१