close

नेपाली बजारमा भिभोको ‘वाई१२ एस’ आउँदै, प्रि-बुकिङमा आकर्षक छुट र अफर

टेकपाना टेकपाना

माघ २५, २०७७ १७:३०

नेपाली बजारमा भिभोको ‘वाई१२ एस’ आउँदै, प्रि-बुकिङमा आकर्षक छुट र अफर

काठमाडाैं । नेपाली बजारमा सार्वजनिक हुने तयारीमा रहेकाे ‘भिभो वाई १२ एस’ स्मार्टफाेनका लागि प्रि-बुकिङ स्किम ल्याइएको छ । मंगलबारदेखि ५ दिनसम्म खुल्ने प्रि-बुकिङमा ग्राहकहरुले एक हजार रूपैयाँ तिरेर याे स्मार्टफाेनकाे प्रि-बुकिङ गर्न सक्नेछन् ।

यसका लागि दराज, सस्ताेडिल लगायतका ईकमर्श कम्पनीबाट प्रि-बुकिङ गर्ने मिल्ने व्यवस्था ल्याइएकाे छ । बुकिङ गरेका ग्राहकहरुले फेब्रुअरी १४ मा एक हजार रूपैयाँ छुटसहित ‘वाई १२ एस’ मोबाइल प्राप्त गर्न सक्नेछन् ।

साथमा प्रि-बुकिङ गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन पाउनेछन् । लक्की ड्र मार्फत ‘वाई १२ एस’ तीनजनाले जित्न सक्नेछन् भने १०० जनाले रु. २५०० क्यासब्याक पाउनेछन् ।

त्यस्तै ५ सय जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउनेछन् । यसको मुख्य विशेषता भनेको साइड फिङ्गर प्रिन्ट, ५००० एमएएच व्याट्रि, कलर तथा डिजाइन रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१