close

नेपालमा फाइभजीका लागि फ्रिक्वेन्सी तय, प्राधिकरण बोर्डले गर्‍यो स्वीकृत

टेकपाना टेकपाना

माघ २५, २०७७ २०:७

नेपालमा फाइभजीका लागि फ्रिक्वेन्सी तय, प्राधिकरण बोर्डले गर्‍यो स्वीकृत

काठमाडौं । नेपालमा फाइभजी सेवा विस्तारको लागि आवश्यक फ्रिक्वेन्सी तय भएको छ । योसँगै नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुलको छ । नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिका लागि आवश्यक फ्रिक्वेन्सी पारित गरेको हो ।

प्राधिकरणको केही दिनअघि बसेको बोर्ड बैठकले उक्त निर्णय पास गरेको हो । प्राधिकरण यसअघि फाइभजीका लागि फ्रिक्वेन्सीको अध्ययनका लागि राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन समिति गठन गरेको थियो ।

उक्त समितिले दिएको सिफारिसका आधारमा प्राधिकरण बोर्डले फाइभजीका लागि फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेकाे प्राधिकरण स्रोतले जनाएको छ ।

योसँगै अब प्राधिकरणले सञ्चार मन्त्रालय अन्तर्गत रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गर्नेछ । भने, त्यसैका आधारमा समितिले अब फ्रिक्वेन्सी तोक्नेछ ।

प्राधिकरणका स्रोतका अनुसार हालसम्म भएको प्रगतिअनुसार फाइभजीका लागि ७००, २३००, २६००, ३३००, ३४००, ३६०० र ४७०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मध्येबाट आवश्यकता अनुसार उपयुक्त फ्रिक्वेन्सी सिफारिस गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१