close

ह्यासलब्लाड क्यामेरा सहित आउँदै वानप्लस ९ प्रो

टेकपाना टेकपाना

माघ २६, २०७७ १९:३२

ह्यासलब्लाड क्यामेरा सहित आउँदै वानप्लस ९ प्रो

काठमाडौं । वानप्लसको आगामी स्मार्टफोन वानप्लस ९ सिरिजका स्मार्टफोनमा प्रयोग हुने क्यामेराको विषय लामो समयदेखि चर्चामा छ । फोनमा ८ सिरिजमा जस्तै लाइकी क्यामेरा प्रयोग हुने चर्चा पनि चलेको हो ।

तर, यी सबै चर्चाका बावजूद कम्पनीले ९ सिरिजका स्मार्टफोनमा ह्यासलब्लाडको क्यामेरा प्रयोगमा ल्याउने भएको छ । ह्वावेले लाईकासँग एक्सक्लुसिभ सम्झौता गरेसँगै वानप्लस ह्यासलब्लाड क्यामेरा प्रायोग गर्न वाध्य भएको हो ।

OnePlus 9 Pro

उक्त क्यामेरा राखिएको वानप्लस ९ प्रको फोटो सार्वजनिक भएको छ । एक प्रयोगकर्ताले सार्वजनिक गरेको उक्त फोटो अनुसार वानप्लस ९ प्रोको पछाडि भागमा चार ओटा क्यामेरा रहेका छन् ।

उक्त क्यामेरामा ह्यासलब्लाडको नाम समेत उल्लेख गरिएको छ । ह्यासलब्लाड क्यामेराको दुनियमा चर्चित ब्राण्ड हो । सन् १९४१ मा स्थापना भएको उक्त ब्राण्डले विशेष गरी मिलिटरीका लागि आवश्यक क्यामेरा निर्माण गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१