close

१६ जिबी र्‍याम सहित ‘रग फोन फाइभ’ बजारमा आउँदै

टेकपाना टेकपाना

माघ २७, २०७७ १५:३१

१६ जिबी र्‍याम सहित ‘रग फोन फाइभ’ बजारमा आउँदै

काठमाडौं । दुई महिनापछि बजारमा आउने भनिएको ‘रग फोन फाइभ’ स्मार्टफोनबारे थप अपडेट आएको छ । गेमिङ फोन निर्माण गर्दै आएको आसुसले यो मोडलमा ८ जीबी भेरियन्ट ल्याउने भनेर यसअघि नै समाचार आइसकेको छ ।

तर अब कम्पनीले यही मोडलमा १६ जीबी र्‍यामको भेरियन्ट पनि उपलब्ध गराउने भएको छ । गिकबेन्चका अनुसार यो फोनमा ८ जीबी भेरियन्टमा जस्तै एन्ड्रोइड ११ र स्न्यापड्रागन ८८८ प्रोसेसर रहने छ ।

त्यस्तै यो फोनमा ६ हजार एमएएच ब्याट्री, ६.७८ इन्चको एमोलेड स्किृन र फाइभजी नेटवर्क रहने छ भने ६५ वाटको फास्ट चार्जिङ रहने बताइएको छ ।

मूल्य यकिन नभएपनि यो फोन ९० हजार रुपैयाँको हारहारीमा उपलब्ध हुनसक्ने आँकलन गरिएको छ । यो फोन अप्रिल महिनाको पहिलो वा दोस्रो साताभित्र बजारमा सार्वजनिक हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१