close

१२ जीबी र्‍याम र १०८ मेगापिक्सेलको क्यामेरा सहित सार्वजनिक हुँदै रेड्मी के फोर्टी प्रो

टेकपाना टेकपाना

माघ २८, २०७७ ११:३४

१२ जीबी र्‍याम र १०८ मेगापिक्सेलको क्यामेरा सहित सार्वजनिक हुँदै रेड्मी के फोर्टी प्रो

काठमाडौं । साओमीले रेड्मी के फोर्टी र के फोर्टी प्रो आउँदाे फेब्रुअरी २२ मा सार्वजनिक हुँदै छ । यो फोनमा कस्ता फिचर होलान् भनेर धेरै समयदेखि स्मार्टफोनप्रेमीहरु प्रतिक्षारत छन् ।

हालै प्राप्त जानकारी अनुसार यी दुवै फोनमा १४४० प्लस पी रिजोलुसन सहित ६.८१ इन्चको एमोलेड स्किृन रहने छ । साओमीले यसअघि नै यी फोनमा एमआई ११ मा जस्तै ईफोर लुमिनस मटेरियल (E4 luminous) रहने जानकारी दिइसकेकाे छ ।

दुवै फाेनमा १२० हर्ज रिफ्रेस रेट र एचडीआर १० प्लस सपोर्ट रहेको छ । फरक चैं के छ भने रेडमी के फोर्टी प्रोमा स्न्यापड्रागन ८८८ चिपसेट प्रयोग गरिएको छ भने बेसिक भर्सनमा स्न्यापड्रागन ८७० प्रयोग गरिएको छ ।

Redmi K40

त्यस्तै प्रो भर्सनमा १२ जीबी र्‍याम र ५ हजार एमएएचको ब्याट्री रहनेछ भने बेसिक भर्सनमा ६ जीबी र्‍याम र ४५०० एमएएचको ब्याट्री रहनेछ ।

यी दुवै फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित पछाडि तीनवटा क्यामेरा लेन्स छ । त्यस्तै दुवैमा ३० मेगापिक्सेलको सेल्फी क्यामेरा रहने छ ।

मूल्यको कुरा गर्दा प्रो भर्सन ३ हजार यूआन अर्थात् ५४ हजार रुपैयाँकाे हारहारीमा उपलब्ध हुने र बेसिक भर्सन त्योभन्दा केही सस्तो हुने जनाइएको छ ।

Leaked specs: Redmi K40 • Redmi K40 Pro
Redmi K40 Pro

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१