ट्रेन्डिङ:
नेपालमा एक महिनामै थपिए ४ लाख २५ हजार इन्टरनेट प्रयोगकर्ता आफ्नो स्थानीय तहको मोबाइल एप डाउनलोड गर्नुभयो त ? युट्युबमा फोरके भिडिओ हेर्न पैसा तिर्नुपर्ने ! यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण तीन करोड बढी सब्स्क्राइबर भएका युट्युबरले गरे पहिलो पटक अनुहार सार्वजनिक सगूनका प्रयोगकर्ता ८१ लाख, कम्पनीको मुनाफा नेपालको समृद्धिमा खर्च हुने आफ्नो स्थानीय तहको मोबाइल एप डाउनलोड गर्नुभयो त ? तीन करोड बढी सब्स्क्राइबर भएका युट्युबरले गरे पहिलो पटक अनुहार सार्वजनिक सामसङ ग्यालेक्सी एस ट्वान्टी अल्ट्रामा रियर क्यामराको सिसा फुट्ने समस्या
close

नेपालमा एक महिनामै थपिए ४ लाख २५ हजार इन्टरनेट प्रयोगकर्ता

टेकपाना टेकपाना

माघ २९, २०७७

नेपालमा एक महिनामै थपिए ४ लाख २५ हजार इन्टरनेट प्रयोगकर्ता

काठमाडौं । पछिल्लो समय नेपालमा इन्टरनेटको प्रयोगमा उल्लेख्य वृद्धि भइरहेको छ । प्रविधिको विकास र त्यसले ल्याएको सहजताले अहिले विस्तारै मानिस प्रविधिसँग जोडिएका छन् ।

फेसबुक, युट्युव, टिकटक लगायतका सामाजिक सञ्जालको बढ्दो प्रयोगले इन्टरनेटको खपत पनि बढिरहेको छ । खपत बढिरहँदा सोही अनुरुप सेवा प्रदायकले इन्टरनेट विस्तार गर्ने कामलाई पनि प्राथामिकताका साथ लिइरहेका छन् ।

मोबाइल इन्टरनेट, फोरजीको विस्तार र फाइबर टु दी होम (एफटीटीएच) को बढ्दो मागले नेपालमा इन्टरनेटको पुहँच निरन्तर रुपमा बढेकाे छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जारी गर्दै आएको मासिक प्रतिवेदनलाई हेर्ने हो भने हरेक महिनाजस्तो नेपालको कुल जनसंख्याको थप एक प्रतिशतको हाराहारीमा इन्टरनेट पुगेकाे देखिन्छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार गत कात्तिक महिनामा नेपालको कुल जनसंख्याको ८०.७ प्रतिशत मानिस इन्टरनेटको पहुँचभित्र रहेका थिए । एक महिनाको अवधिमा थप १.४२ प्रतिशतमा इन्टरनेट पुगेको छ ।

प्राधिकरणले भर्खरैमात्र सार्वजनिक गरेको मंसिर महिनाको तथ्याङ्क अनुसार हाल कुल जनसंख्याको ८१.४९ प्रतिशतमा इन्टरनेट पुहँच रहेको छ ।

जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्राधिकरणले उक्त प्रतिवेदन तयार पारेको हो । जसमा नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५ सय ३१ रहेका छन् ।

यो हिसाबले हेर्ने हो भने कात्तिकबाट मंसिरमा आइपुग्दा थप ४ लाख २४ हजार २ सय ४६ जनाको पहुँचमा इन्टरनेट पुगेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार कात्तिकमा कुल २ करोड ३९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा इन्टरनेट रहेको थियो । भने, मंसिरमा आइपुग्दा इन्टरनेटको पुहँचमा २ करोड ४३ लाख ४७ हजार १ सय ४७ जना रहेका छन् ।

यसमा सबैभन्दा बढी योगदान मोबाइल इन्टरनेटको रहेको छ । मोबाइल इन्टरनेटको हिस्सा ५९.६७ प्रतिशत रहेको छ । प्राधिकरणको मंसिर महिनाको तथ्याङ्क अनुसार हाल १ करोड १० लाख ६९ हजार ३ सय ६० को पुहँचमा मोबाइल इन्टरनेट थ्रिजी गुगेको छ ।

त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख २२ हजार ३ सय १६ र ईभिडियो प्रयोगकर्ता १ लाख ३६ हजार पाँच सय ७३ रहेका छन् । फोरजीमा सबैभन्दा बढी प्रयोगकर्ता एनसेलको रहेको छ ।

एनसेलका फोरजी प्रयोगकर्ता हाल ४१ लाख ५३ हजारभन्दा बढी रहेका छन् भने नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २२ लाख ५७ हजार भन्दा बढी रहेका छन् ।

त्यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१.०४ प्रतिशत छ । जसमा एफटीटीएच इन्टरनेट ५३ लाख ९७ हजार ३ सय ५३ जनामा पुगेको छ ।

नेपाल टेलिकमको एडीएसएल प्रयोगकर्ता ८ लाख ८६ हजार ३७ रहेका छन् । त्यस्तै वाईम्याक्स र रेडियो वाइफाईमार्फत पनि २ लाख ३३ हजारभन्दा बढी कनेक्ट भएका छन् ।