close

अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने

टेकपाना टेकपाना

माघ २९, २०७७ १६:३१

अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सुविधा सुरु गरेको छ । जुनसुकै स्थान र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालीन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा बैंकले ल्याएको हाे ।

ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइटमा रहेको ‘आईसर्भ’ डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ ।

‘आईसर्भ’ भित्र ‘कार्ड सर्भिसेस’ मा क्लिक गरी सेवाग्राहीहरूले बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाई गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ ।

ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले ग्राहक महानुभावहरूलाई एसएमएस मार्फत खबर गर्ने व्यवस्था समेत छ ।

ग्राहकलाई विभिन्न अनलाइन सुविधा एकै स्थानबाट प्रदान गर्दै आएको आईसर्भ डिजिटल सेवालाई बैंकले हाल अझ परिष्कृत रुपमा विकास गरेको छ ।

यसमार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्स चेक गर्न, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन र एकाउन्ट स्टेटमेन्ट आवेदन), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर) र डेबिट कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता र नयाँ कार्ड आवेदन) प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१