close

ओटीटी सेवाको गुणस्तर जाँच्दै सरकार

टेकपाना टेकपाना

माघ २९, २०७७ १७:२६

ओटीटी सेवाको गुणस्तर जाँच्दै सरकार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुक, ट्वीटर, ह्वाट्सएप लगायत ओटीटी सेवा प्रदायकको गुणस्तर मापन गर्ने भएको छ ।

दूरसञ्चार सेवाको गुणस्तर अध्ययनका लागि स्वचालित गुणस्तर मापन प्रणाली जडान गर्ने तयारीमा रहेको प्राधिरकणले त्यसैमार्फत ओटीटी सेवाको पनि गुणस्तर मापन गर्ने भएको हो ।

त्यसका लागि प्राधिकरणले मंगलबार पुनः अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । प्राधिकरणका अनुसार दूरसञ्चार सेवाको गुणस्तर मापनका लागि प्रोबमा आधारित स्वचालित प्रणाली राख्ने योजना रहेको छ ।

जसको क्षमता मोबाइल इन्टरनेट फाभइजी, फोरजी, थ्रिजी मोबाइल इन्टरनेटका साथै टेलिफोनको गुणस्तर परीक्षण गर्नसक्ने हुनुपर्नेछ ।

यसका साथै ओटीटी (भाइबर, म्यासेञ्जर, ह्वाट्सएप लगायत) सेवा प्रदायकको भिडियाे, साउण्ड तथा इन्टरनेट खपत लगायतको विषयमा अध्ययन गर्ने सक्ने क्षमताको सिस्टम जडान गर्न लागिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् ।

सेवा प्रदायकले दिने सेवालाई अझ परिस्कृत बनाउनु यसकाे उद्देश्य रहेकाे उनले जनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१