close

सार्क स्टार्टअप अवार्डको चार विधामा नेपाली स्टार्टअप ‘अनलाइन काम’ मनोनित

टेकपाना टेकपाना

माघ ३०, २०७७ १३:९

सार्क स्टार्टअप अवार्डको चार विधामा नेपाली स्टार्टअप ‘अनलाइन काम’ मनोनित

काठमाडौं । सार्क स्टार्टाअप अवार्डको चारवटा विधामा नेपाली स्टार्टअप कम्पनी अलनाइन काम मनोनित भएको छ । ग्लोबल स्टार्टअप अवार्ड अन्तर्गतको सार्क स्टार्टअप अवार्डमा सार्क मुलुकहरुका ५६० वटा स्टार्टअप कम्पनीहरु प्रतिस्पर्धाका लागि सहभागी भएका छन् । 

अनलाइन काम स्टार्टअप द इयर, फाउण्डर अफ द इयर, बेस्ट भर्चअुल टिम वर्क सोल्युसन  बेस्ट न्यु कमर अफ द इयर ४ शीर्षकमा नेपालबाट प्रतिनिधित्व गर्ने एक्लो कम्पनी भएको अनलाइन कामका संस्थापक विकास पोखरेलले बताएका छन् ।

अनलाइन कामसँगै ती चार शीर्षकमा सार्कका अन्य ६ मुलुकका स्टार्टअप कम्पनीहरु पनि मनोनित भएको उनले बताए । 

हाल यी कम्पनीहरुबीच उत्कृष्ट कम्पनीलाई चयन गर्न अनलाइन पब्लिक भोटिङ बिहीबार साँझदेखि खुला भएको छ । जो कोही व्यक्तिले आफ्नो ल्यापटप वा मोबाइलबाट माथिको लिङ्क खोलेर भोटिङ गर्न सक्नेछन् । 

थोरै समयका लागि खुला हुने उक्त अनलाइन भोटिङमा सहभागी भएर नेपालको प्रतिनिधित्व गर्ने आफ्नो कम्पनीलाई जिताउन विकासले अपिल गरेका छन् । भोटिङका लागि निम्न प्रक्रिया अपनाउनुहोस् । 

१. यस लिङ्कभित्र जानुहोस् । 

२. देश फिल्टर गरेर नेपाल चयन गर्नुहोस् । 

३. नोमिनेसन नेम फिल्टर गरी अनलाइन काम टाइप गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३