close

नेपालमा कुन कम्पनीको इन्टरनेट सस्तो ?

टेकपाना टेकपाना

फागुन २, २०७७ १६:२३

नेपालमा कुन कम्पनीको इन्टरनेट सस्तो ?

काठमाडौं । हाल नेपालमा दर्जनौं सेवाप्रदायकले इन्टरनेट सेवा दिइरहेका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट १२७ वटा सेवाप्रदायकले अनुमतिपत्र लिएको भए पनि सञ्चालनमा भने ४० हाराहारी मात्र छन् ।

एउटै सेवाप्रदायकले विभिन्न प्याकेज उपलब्ध गराइरहेको अवस्थामा कुन सेवाप्रदायकको प्याकेज सस्तो भन्ने कुराले दुविधा उत्पन्न गराइरहेको हुन्छ । आज हामी तपाईंलाई यस्तै किसिमको दुविधाको अन्त्य गर्ने गरी कुन सेवाप्रदायकको सेवा सस्तो भन्ने विषयमा चर्चा गर्दै छौं ।

जसमा लागि हामीले कुल ८३ प्रतिशत बजार हिस्सा ओगटेका ठूला ५ कम्पनीको प्याकेजको तुलना गरेका छौं ।  जसमा भ्याट तथा दूरसञ्चार सेवा शुल्क समेत समेटिएको छ । 

नेपाल टेलिकम

समग्र प्याकेजमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी टेलिकमले सबैभन्दा सस्तो मूल्यमा इन्टरनेट सुविधा दिइरहेको छ । मासिक ८३३ रुपैयाँमा १० एमबीपीएसको एफटीटीएच इन्टरनेट कम्पनीको सबैभन्दा सस्तो प्याकेज हो ।

तपाईंले टेलिकमको एउटै एफटीटीएचमा इन्टरनेटसँगै आईपी टिभी र टेलिफोन सेवा समेत लिन सक्नुहुन्छ । कम्पनीले हरेक महिना नेवर्कभित्र कल गर्न सकिने गरी २५० मिनेट टकटाइम समेत दिँदै आएको छ ।  

जसअनुसार तपाईंले मासिक ८७५ रुपैयाँमै १५ एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेटसँगै निःशुल्क टेलिफोन प्राप्त  गर्न सक्नुहन्छ । यदि तपाईं साथमा आईपी टिभी समेत चाहनुहुन्छ भने कम्तिमा मासिक १२ सय रुपैयाँ तिर्न तयार हुनुपर्छ ।

कम्पनीले ग्राहकका लागि मासिक २४०० रुपैयाँसम्मका विभिन्न २९ वटा इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । 

प्याकेजप्याकेजको मूल्य रुप्रति महिना रु
१० एमबीपीएस१०००० (१२ महिना)८३३
१० एमबीपीएस२६०० (३ महिना)८६७
१५ एमबीपीएस/फ्री ल्याण्डलाइन१०५०० (१२ महिना)८७५
१० एमबीपीएस९०० (१ महिना)९००
१५ एमबीपीएस/फ्री ल्याण्डलाइन२८५० (३ महिना)९५०
१५ एमबीपीएस/फ्री ल्याण्डलाइन१००० (१ महिना)१०००
२० एमबीपीएस१२५०० (१२ महिना)१०४२
२० एमबीपीएस३४०० (३ महिना)११३३
२० एमबीपीएस‍१२०० (१ महिना)१२००
१५ एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन१५००० (१२ महिना)१२५०
२५ एमबीपीएस/फ्री ल्याण्डलाइन१५५०० (१२ महिना)१२९२
१५ एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन४१०० (३ महिना)१३६७
२५ एमबीपीएस/फ्री ल्याण्डलाइन४२०० (३ महिना)१४००
१५ एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन१४०० (१ महिना)१४००
२५ एमबीपीएस/फ्री ल्याण्डलाइन१५०० (१ महिना)१५००
३० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन१८१०० (१२ महिना)१५०८
५० एमबीपीएस१९००० (१२ महिना)१५८३
४० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन१९७०० (१२ महिना)१६४२
३० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन५००० (३ महिना)१६६७
५० एमबीपीएस५०५० (३ महिना)१६८३
६० एमबीपीएस२०५०० (१२ महिना)१७०८
३० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन१७५० (१ महिना)१७५०
५० एमबीपीएस१८०० (१ महिना)१८००
६० एमबीपीएस/फ्री ल्याण्डलाइन५५०० (३ महिना)१८३३
६० एमबीपीएस/फ्री ल्याण्डलाइन२००० (१ महिना)२०००
४० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन६००० (३ महिना)२०००
६० एमबीपीएस/एनटी टिभी/फ्री टेलिफोन२४५०० (१२ महिना)२०४२
४० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन२०५० (१ महिना)२०५०
६० एमबीपीएस/एनटी टिभी/फ्री टेलिफोन७२०० (३ महिना)२४००

वर्ल्डलिङ्क

फिक्स्ड लाइन इन्टरनेटमा देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायकको रुपमा रहेको वर्ल्डलिङ्कले हालै मात्र तहल्का नामक नयाँ अफर सार्वजनिक गरेको छ । जसअनुसार तपाईंले मासिक ९०३ रुपैयाँमै १० एमबीपीएस गतिको इन्टरनेटसँगै आईपी टिभी चलाउन सक्नुहुन्छ ।

समग्रमा नेपाल टेलिकमको प्याकेजभन्दा केही महंगो भए पनि यो प्याकेज आईपी टिभी सेवा समेतका लागि भने नेपालकै सस्तो प्याकेज हो । तर यसमा तपाईंले केवल ३ वटा डिभाइसमा मात्र इन्टरनेट सेवा प्रयोग गर्न पाउनुहुन्छ ।

कम्पनीले मासिक २४८६ रुपैयाँसम्मका विभिन्न ९ वटा प्याकेजमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

प्याकेजप्याकेजको मूल्य रुप्रति महिना रु
१० एमबीपीएस (३ डिभाइसमा मात्र)/१ नेट टिभी१०,८३४ (१२ महिना)९०३
३० एमबीपीएस/१ नेट टिभी१६९५० (१२ महिना)१४१२
४० एमबीपीएस/२ नेट टिभी१९७७५ (१२ महिना)१६४८
३० एमबीपीएस/१ नेट टिभी५०८५ (३ महिना)१६९५
४० एमबीपीएस/२ नेट टिभी६१५८६ (३ महिना)२०५३
६० एमबीपीएस/३ नेट टिभी२४८६० (१२ महिना)२०७२
४० एमबीपीएस/२ नेट टिभी२०९१ (१ महिना)२०९१
६० एमबीपीएस/३ नेट टिभी७२८८१ (३ महिना)२४३०
६० एमबीपीएस/३ नेट टिभी२४८६ (१ महिना)२४८६

सुबिसु

देशकै तेस्रो तथा निजी क्षेत्रको दोस्रो ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको इन्टरनेट मूल्यका हिसाबले तेस्रो स्थानमा छ । कम्पनीले मासिक १२४३ रुपैयाँमा सबैभन्दा सस्तो प्याकेज उपलब्ध गराइरहेको छ ।

जसमा तपाईंले २० एमबीपीएस गतिको इन्टरनेट सेवा पाउन सक्नुहुन्छ । कम्पनीले मासिक २४८६ रुपैयाँसम्मका विभिन्न १८ वटा प्याकेजमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । 

प्याकेजप्याकेजको मूल्य रुप्रति महिना रु
२० एमबीपीएस१४९१६ (१२ महिना)१२४३
३५ एमबीपीएस१५५९४ (१२ महिना)१३००
३० एमबीपीएस/क्लियर टिभी१६३८५ (१२ महिना)१३६५
४५ एमबीपीएस१६९५० (१२ महिना)१४१३
२० एमबीपीएस४५७७ (३ महिना)१५२६
२० एमबीपीएस१५८२ (१ महिना)१५८२
३५ एमबीपीएस४७४६ (३ महिना)१५३८
४० एमबीपीएस/क्लियर टिभी१९२१० (१२ महिना)१६०१
३५ एमबीपीएस१६३९ (१२ महिना)१६३९
३० एमबीपीएस/क्लियर टिभी४९७२ (३  महिना)१६५७
४५ एमबीपीएस५०८५ (३ महिना)१६९५
४५ एमबीपीएस१७५२ (३ महिना)१७५२
३० एमबीपीएस/क्लियर टिभी१७५२ (१ महिना)१७५२
४० एमबीपीएस/क्लियर टिभी६०४६ (३ महिना)२०१५
६० एमबीपीएस/क्लियर टिभी२४२९२ (१२ महिना)२०२४
४० एमबीपीएस/क्लियर टिभी२०९१ (१ महिना)२०९१
६० एमबीपीएस/क्लियर टिभी७१७६ (३ महिना)२३९२
६० एमबीपीएस/क्लियर टिभी२४८६ (१ महिना)२४८६

भायनेट

नेपालमै पहिलो पटक एफटीटीएच प्रविधिमार्फत इन्टरनेट सेवा दिन सुरु गरेको र सम्पूर्ण सेवा एफटीटीएचमै केन्द्रीत रहेको सेवाप्रदायक हो भायनेट । कम्पनीको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजका लागि मासिक १३५६ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

जसमा तपाईंले ३० एमबीपीएस गतिको इन्टरनेटसँगै एउटा आईपी टिभी पाउन सक्नुहुन्छ । ३० एमबीपीएसको इन्टरनेटसँगै आईपी टिभी समेत उपलब्ध प्याकेजहरुमा यो नै नेपालको सबैभन्दा सस्तो विकल्प हो ।

कम्पनीले मासिक २४८६ रुपैयाँसम्मका १२ वटा प्याकेजमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । 

प्याकेजप्याकेजको मूल्य रुप्रति महिना रु
३० एमबीपीएस/१ भाय टिभी१६२७२ (१२ महिना)१३५६
४५ एमबीपीएस१६९५० (१२ महिना)१४१३
४० एमबीपीएस/२ भाय टिभी१८९८४ (१२ महिना)१४८२
३० एमबीपीएस/१ भाय टिभी४९१६ (३ महिना)१५३९
४५ एमबीपीएस५०८५ (३ महिना)१६९५
४५ एमबीपीएस१७५२ (१ महिना)१७५२
३० एमबीपीएस/१ भाय टिभी१७५२ (१ महिना)१७५२
४० एमबीपीएस/२ भाय टिभी५७६३ (३  महिना)१९२१
६० एमबीपीएस/३ भाय टिभी२३७३० (१२ महिना)१९७८
४० एमबीपीएस/२ भाय टिभी२०३४ (१  महिना)२०३४
६० एमबीपीएस/३ भाय टिभी७२८६ (३ महिना)२४२९
६० एमबीपीएस/३ भाय टिभी२४८६ (१ महिना)२४८६

क्लासिक टेक

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले आफ्नो सबैभन्दा सस्तो प्याकेजको रुपमा १४१३ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

जसमा आईपी टिभीको रुपमा क्लासिक प्रभु टिभी समेत पाउन सकिन्छ । कम्पनीले २४८६ रुपैयाँसम्मका विभिन्न १२ वटा प्याकेजमा इन्टरनेट दिइरहेको छ । 

प्याकेजप्याकेजको मूल्य रुप्रति महिना रु
३० एमबीपीएस/क्लासिक प्रभु टिभी१६९५० (१२ महिना)१४१३
३० एमबीपीएस/क्लासिक प्रभु टिभी९१५३ (६ महिना)१५२६
४० एमबीपीएस/क्लासिक प्रभु टिभी१९७७० (१२ महिना)१६४८
३० एमबीपीएस/क्लासिक प्रभु टिभी५०८५ (३ महिना)१६९५
४० एमबीपीएस/क्लासिक प्रभु टिभी१०१७० (६ महिना)१६९५
३० एमबीपीएस/क्लासिक प्रभु टिभी१७५२ (१ महिना)१७५२
४० एमबीपीएस/क्लासिक प्रभु टिभी६१५६ (३ महिना)२०५२
६० एमबीपीएस/क्लासिक प्रभु टिभी२४८५५ (१२ महिना)२०७१
४० एमबीपीएस/क्लासिक प्रभु टिभी२०९१ (१ महिना)२०९१
४० एमबीपीएस/क्लासिक प्रभु टिभी१२८८२ (६ महिना)२१४७
६० एमबीपीएस/क्लासिक प्रभु टिभी७२८९ (३ महिना)२४३०
६० एमबीपीएस/क्लासिक प्रभु टिभी२४८६ (१ महिना)२४८६

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३