close

३ वटा सेल्फी क्यामेरा भएको स्मार्टफोन ल्याउँदै सामसङ

टेकपाना टेकपाना

फागुन ३, २०७७ १२:१०

३ वटा सेल्फी क्यामेरा भएको स्मार्टफोन ल्याउँदै सामसङ

काठमाडौं । सामसङले तीन वटा सेल्फी क्यामेरा भएको स्मार्टफोन ल्याउने भएको छ । कम्पनीको आगामी स्मार्टफोनको डिजाइनसँगै सामसङको अब आउने स्मार्टफोनको फिचर बाहिरिएको हो ।

टिप्सटर मुकुल शर्माले सामसङको अपकमिङ फोनको स्केच तथा डिजाइन लिक गरेका छन् । यद्यपी यो फोनमा हुने अन्य फिचर तथा फोन सार्वजनिक हुने मितिबारे भने कुनै पनि जानकारी आएको छैन ।

सामसङले यो फोन सार्वजनिक गरेको खण्डमा ३ वटा सेल्फी क्यामेरा भएको यो नै विश्वको पहिलो स्मार्टफोन हुनेछ । लिक भएको डिजाइन हेर्ने हो भने अगाडि भागमा तीन वटा क्यामेरा देखिन्छन् ।

जुन पञ्चहोल डिजाइनमै देखिन्छ । तीन वटा क्यामेरामा प्राइमरी लेन्स डेप्थ सेन्सर हुने अपेक्षा गरिएको छ । त्यस्तै दोस्रो ब्ल्याक एण्ड ह्वाइट लेन्स र तेस्रो अल्ट्रा वाइड डेप्थ सेन्सर हुनेछ । पछाडि भागमा चार वटा क्यामेरा हुने कुरा भने अहिलेको समयमा सामान्य भइसक्यो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३