close

मोबाइलमा कुरा गर्दा के गर्ने वा नगर्ने ? यस्ता छन् टेलिकमका ७ टिप्स

टेकपाना टेकपाना

फागुन ३, २०७७ १८:४७

मोबाइलमा कुरा गर्दा के गर्ने वा नगर्ने ? यस्ता छन् टेलिकमका ७ टिप्स

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मोबाइल, टेलिफोन, इन्टरनेट र आईपी टिभी सेवामा मात्र आफूलाई सीमित राखेको छैन । कम्पनीले विभिन्न किसिमका जनचेतनामूलक जानकारी तथा सन्देश समेत दिँदै आएको छ ।

यसैबीच कम्पनीले पछिल्लो पटक फोनमा सद्भावपूर्ण तथा शिष्टाचारयुक्त कुराकानीका लागि महत्वपूर्ण टिप्स समेत दिएको छ । कम्पनीले दिएका यी टिप्स झट्ट हेर्दा साधारण सुनिए पनि हरेक प्रयोगकर्ताले ख्याल राख्नैपर्ने किसिमका छन् ।

टेलिफोनमा कुरा गर्दा के गर्ने वा नगर्ने ?

  • सुरुमा सम्बन्धित व्यक्तिले सोध्नु अगावै सभ्य भाषामा आफ्नो परिचय दिनुहोस् ।
  • कुन समयमा कल गर्दै हुनुहुन्छ ख्याल राख्नुहोस् । असुविधाजनक लाग्ने समय अर्थात खासगरी अबेर बेलुका, राति वा एका बिहानै कल नगर्नुहोस् ।
  • कतिपय समय एउटा व्यक्तिलाई गरेको कल अर्कैलाई गइरहेको हुन्छ । व्यक्तिपिच्छे तपाईं प्रस्तुत हुने शैली र बोली फरक हुन सक्छ । यस्तोमा कहिले काहिँ लज्जित बन्नुपर्ने अवस्था समेत आउन सक्छ । त्यसैले नम्बर डायल गरीसकेपछि एक पटक राम्रोसँग चेक गर्नुहोस् । कुराकानी गर्दा स्पष्ट आवाजमा बुझिने गरी बोल्नुहोस् ।
  • कसैलाई पनि लामो समय टेलिफोनमा होल्ड नराख्नुहोस् । यसले सम्बन्धित व्यक्तिको समय अनावश्यक रुपमा वितिरहेको हुन्छ र तपाईं प्रति नराम्रो छाप पर्न सक्छ ।
  • फोन उठाउन धेरै समय नलगाउनुहोस् । कुनै जरुरी कामले फोन गरेको रहेछ भने केही सेकेन्डको समय पनि सम्बन्धित व्यक्तिका लागि निकै लामो महसुस हुनसक्छ ।
  • कुराकानी सकिएपछि मीठासपूर्ण शब्द सहित कल समापन गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३