close

विराटनगरमा वर्ल्डलिंकको ग्राहक सेवा केन्द्र

टेकपाना टेकपाना

फागुन ४, २०७७ १५:५

विराटनगरमा वर्ल्डलिंकको ग्राहक सेवा केन्द्र

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेन्सको नयाँ ग्राहक सेवा केन्द्र विराटनगरस्थित पुष्पलाल चोकमा विस्तार भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा कम्पनीका पूर्वाञ्चल क्षेत्रीय प्रमुख शंकरराज शिवाकोटीले केन्द्रको उद्घाटन गरे । सो अवसरमा बाेल्दै उनले ग्राहकलाई भरपर्दो, विश्वासिलो र छरितो सेवा उपलब्ध गराउन ग्राहक सेवा केन्द्र विस्तार गरिएकाे जनाए ।

देशकै सबैभन्दा ठूलाे इन्टरनेट सेवा प्रदायकका रूपमा स्थापित वर्ल्डलिंकका हाल करिब ५ लाख प्रयाेगकर्ता छन् । कम्पनीले अहिले १० देखि १०० एमबीपीएससम्मको इन्टरनेटका साथै नेट टिभी सेवा उपलब्ध गराइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३