close

फेसबुक र युट्युबमा अश्लील अभिव्यक्ति दिँदै धम्क्याउने विनयजंग बस्नेत पक्राउ

टेकपाना टेकपाना

फागुन ४, २०७७ १९:४०

फेसबुक र युट्युबमा अश्लील अभिव्यक्ति दिँदै धम्क्याउने विनयजंग बस्नेत पक्राउ

काठमाडौं । केही दिनअघि लगातार सपना रोका मगर विरुद्द अश्लील अभिव्यक्ति दिँदै धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन् ।

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक रुपमै अश्लील शब्द बोल्दै उनले धक्याएका थिए ।

बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो ।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको र ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३