close

थ्रीजी सिमबाट फोरजीमा अपग्रेड गर्दा २ जीबी डेटा निःशुल्क, यसरी गर्नुहोस् अपग्रेड

टेकपाना टेकपाना

फागुन ४, २०७७ २२:४

थ्रीजी सिमबाट फोरजीमा अपग्रेड गर्दा २ जीबी डेटा निःशुल्क, यसरी गर्नुहोस् अपग्रेड

काठमाडाैं । एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि २ जीबी डेटा सित्तैमा दिइरहेकाे छ ।

सिम अपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक बिक्रेताकहाँ गएर आफ्नो थ्रीजी सिमकार्ड सजिलै बिना कुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्छन् ।

ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिनुपर्नेछ । यसपछि फाेरजी अफरका लागि *३२४# डायल गरी डेटा चलाउन सकिन्छ ।

यो योजना अन्तर्गतको बोनस फोरजी डेटा ७ दिनको लागि मान्य रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी लगायतका सुविधा प्राप्त गर्छन् ।

फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ ।

ग्राहकले आफूले प्रयोग गरेको सिमकार्ड फोरजी सिम हो कि होइन भनेर *३२४# डायल गरी वा अंग्रेजीमा अक्षर ठुलो ‘Q’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस् थाहा पाउन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३