close

यी व्यक्तिकाे थियाे फेसबुकमा पहिलो ‘फेस’

टेकपाना टेकपाना

फागुन ५, २०७७ १८:०

यी व्यक्तिकाे थियाे फेसबुकमा पहिलो ‘फेस’

काठमाडौं । सामाजिक सञ्जालको दुनियाँमा फेसबुकको राज चलिरहेको छ । आजभन्दा १७ वर्षअघि अर्थात् २००४ फ्रेब्रुअरीमा फेसबुक सुरु भएको थियो ।

मार्क जुकरबर्गले एउटा कलेज प्रोजेक्टको रुपमा फेसबुक सुरु गरेका थिए । आज यही फेसबुककै कारण जुकरबर्ग विश्वकै पाँचौ धनी व्यक्ति बन्न सफल भएका छन् ।

फेसबुकबारे धेरै राेचक तथ्य छन्, जुन धेरैलाई थाहा नहुन सक्छ । यसै सन्दर्भमा आज हामी फेसबुकमा पहिलाे पटक कसकाे फेस देखिएकाे थियाे भन्ने विषयमा जानकारी दिँदै छाैं ।

एन्ड्रयू म्याक्कुलमले आफ्ना हार्भड युनिभर्सिटीका सहपाठी मार्क जुगरबर्गका लागि पहिलाेपटक फेसबुककाे लोगो डिजाइन गरिदिएका थिए । त्याे लाेगाेमा एक व्यक्तिकाे चित्र देख्न सकिन्छ ।

दुःखित मुद्रामा तलपट्टि हेरिरहेका एक व्यक्ति याे लोगोमा देख्न सकिन्छ । यस्तो लाग्थ्यो कि, प्रयोगकर्ताले फेसबुकमा के-के गरिरहेका छन् ती सबै यी व्यक्तिले नियालिरहेका छन् । वास्तवमा ती व्यक्ति को होलान् त ? काल्पनिक पो हुन् कि ?

तर ती व्यक्ति वास्तविक नै हुन् ।

जुकरबर्गका साथी म्याक्कुलमले अनलाइनमा फेला पारेकाे अल पाचिनाेको तस्वीर प्रयोग गरेर फेसबुकको लोगो बनाएका थिए । यसबारे द फेसबुक इफेक्टमा डेभिड किर्कप्याट्रिकले उल्लेख गरेका छन् ।

सन् २००७ सम्म फेसबुककाे लाेगाे यही थियाे । लाेगाेमा रहेका अल पाचिनाे वास्तवमा हलिउड कलाकार हुन् । अहिले उनी ८० वर्षका भइसके । लाेगाेमा युवा अवस्थामा हुँदाकाे तस्वीर प्रयाेग गरिएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३