close

सुबिसुको क्लियर टिभी चलेन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

फागुन ६, २०७७ १७:९

सुबिसुको क्लियर टिभी चलेन ? यसो गर्नुहोस्

काठमाडौं । सुबिसुको आईपी टिभी सेवा क्लियर टिभिमा कतिपय प्रयोगकर्ताले टेलिभिजन च्यानलहरु हेर्न पाइरहेका छैनन् । आज हामी नयाँ अपडेटसँगै क्लियर टिभीमा देखिएको यस किसिमको समस्या आफैं कसरी समाधान गर्ने भन्ने विषयमा बताउँदै छौं ।

सुरुमा क्लियर टिभीको सेट टप बक्सको पछाडि भागमा रहेको पावर बटन अफ राख्नुहोस् । अब अगाडि भागमा दिइएको स्ट्याण्डबाई बटन दबाएर त्यससँगै पछाडि भागमा रहेको पावर बटन अन गर्नुहोस् ।

तर याद राख्नुहोस् यस क्रममा स्ट्याण्डबाई बटनमा भने लगातार रुपमा दबाइरहनुहोस् । यससँगै तपाईंले सेट टप बक्सको अगाडि भागमा रहेको डिस्प्लेमा बूट लेखिएको देख्नुहुनेछ ।

त्यसको केही बेरमा बक्सको डिस्प्लेमा लोड लेखिएको देख्नुहुनेछ । अब भने स्ट्याण्डबाई बटन छोड्नुहोस् ।

यति गरिसकेपछि तपाईंले टेलिभिजन स्क्रिनमा म्यानुअल अपग्रेड देख्न सक्नुहुनेछ । त्यसमा फ्रिक्वेन्सी अगाडि लेखिएको ६१० मा रिमोटबाट क्लिक गर्नुहोस् र त्यसलाई ३०६ बनाउनुहोस् अनि ओके बटन थिच्नुहोस् ।

त्यसैगरी अब च्यानल बटन थिच्दै तल आउनुहोस् र पीआईडी अगाडि रहेको ८००० लाई परिवर्तन गरेर ८००१ बनाउनुहोस् अनि ओके आटन थिच्नुहोस् ।

यस्तै अटो डाउनलोड अगाडि नो लेखिएको स्थानमा गएर भोलुम बटन दबाएर एस बनाउनुहोस् र अन्तिममा रहेको स्टार्ट बटनमा गएर ओके थिच्नुहोस् । अब तपाईंको सिस्टम अपग्रेड हुन थाल्नेछ ।

डाउनलोड र बर्न दुवै १०० प्रतिशत पुगिसकेपछि तपाईंको क्लियर टिभी पहिले जस्तै पुनः सञ्चालनमा आउनेछ । यदि अघिको बूट लेखिए पश्चात लोड देखिएन भने त्यसको समाधानका लागि चाहिँ तपाईंले सुबिसुको सर्भिस सेन्टरमै सम्पर्क राख्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३