close

उपहारकाे लाेभ देखाएर सामाजिक सञ्जालमार्फत ठगी गर्ने बस्याल पक्राउ

टेकपाना टेकपाना

फागुन ६, २०७७ १७:३७

उपहारकाे लाेभ देखाएर सामाजिक सञ्जालमार्फत ठगी गर्ने बस्याल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले टोखा नगरपालिका ११ भण्डारी टोल बस्ने पर्वत टकलाकका ४५ वर्षीय हरिप्रसाद बस्याललाई मंगलबार ठगी आरोपमा पक्राउ गरेको हो ।

विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत यूकेमा बसोबास गर्ने डाक्टर माइकल अलवर्ट भन्ने व्यक्तिले साथी बनाएर उपहारमा सामानहरु पठाएको खबर गर्ने गरेका थिए । उक्त सामान भारतहुँदै नेपाल आउँदैछ भनेपश्चात भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई सम्पर्क गरी भन्सार छुटाउनको लागि कर बापत रकम तिर्न लगाउने गरेकी थिइन् ।

यसरी पीडितलाई विभिन्न व्यक्तिको खातामा १० लाख ७० हजार रुपैयाँ जम्मा गर्न लगाइएको थियो । त्यसमध्ये ५ लाख २० हजार रुपैयाँ काठमाडौं गाेङ्गबु बसपार्कस्थित काली गण्डकी गेष्टहाउसमा एक व्यक्तिलाई भेटेर दिए पश्चात पनि पटक पटक रकम पठाउन भन्दै फोन आएपछि पीडितले आफू ठगिएको चाल पाएका थिए ।

यसरी पीडितले दिएको सूचनाको आधारमा ठगी कार्यमा संलग्न बस्याललाई प्रहरीले पक्राउ हो । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले गाेङ्गबुबाट बस्याललाई पक्राउ गरेको थियो ।

बस्यालको साथबाट प्रहरीले विभिन्न व्यक्तिको नाममा जम्मा गरेका १० थान भौचर, दुई थान मोबाइल र नगद १ लाख ७ हजार रुपैयाँ बरामद गरेको छ । बस्याललाई आवश्यक कानूनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ब्यूरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३