close

साओमीको नयाँ फोनमा मेन क्यामेराबाटै सेल्फी खिच्न सकिने

टेकपाना टेकपाना

फागुन ६, २०७७ १९:३६

साओमीको नयाँ फोनमा मेन क्यामेराबाटै सेल्फी खिच्न सकिने

काठमाडौं । सेल्फी खिच्ने ट्रेण्ड बढ्दै गएपछि सेल्फी क्यामेरामा पनि नयाँ नयाँ प्रयोग भइरहेको छ । अब सेल्फी खिच्नका लागि अगाडि भागमा राखिने लो क्वालिटी क्यामेराको भर पर्नुपर्ने बाध्यता पनि रहने छैन ।

यससँगै अब तपाईं मोबाइलमा भएको मुख्य क्यामेराबाटै सेल्फी खिच्न सक्नुहुनेछ । साओमी मि इलाभेन अल्ट्राको नयाँ लिकमा अब सेल्फीका लागि स्मार्टफोनमा छुट्टै स्क्रिन हुने विषयको खुलासा भएको हो ।

टेक साइट पकेट लिन्टका अनुसार साओमी मि इलाभेन अल्ट्राको पछाडि भागमा एउटा सानो स्क्रिन रहनेछ । यो स्क्रिनको सहयोगमा तपाईले रियर क्यामेराबाट समेत सेल्फी खिच्न सक्नुहुनेछ । लिकअनुसार नयाँ ह्याण्डसेटको पछाडि भागमा रहने क्यामेराको छेउमा एउटा सानो स्क्रिन रहेको देखिन्छ ।

नयाँ साओमी मि इलाभेन अल्ट्राको डिजाइन र सेकेन्डरी स्क्रिनको एउटा भिडियो समेत युट्युवमा राखिएको छ । यद्यपी कम्पनीले आधिकारिक रुपमा यो लिकको विषयमा कुनै प्रतिक्रिया भने दिएको छैन ।

जानकारहरुका अनुसार कुनै पनि स्मार्टफोनमा सबैभन्दा शक्तिशाली क्यामेरा पछाडि भागमै हुने गर्दछ । त्यसो त सामान्यता रियर क्यामेरामा मोबाइलकै शक्तिशाली क्यामेरा राखिएको हुन्छ ।

सबै फोनमा सेल्फीका लागि अगाडि भागमा पनि क्यामेरा दिइएको हुन्छ । तर अगाडि भागमा हुने क्यामेराको क्वालिटी भने पछाडि भागमा हुने मुख्य क्यामेराको तुलनामा कमजोर नै हुने गर्दछ ।

रिपोर्ट अनुसार साओमी मि इलाभेन अल्ट्रामा प्रयोगकर्ताका लागि स्नापड्रागन ८८८ प्रोसेसर दिइनेछ । यसबाहेक यसमा ६.८ इन्चको डब्लूक्यूएचडी प्लस १२० हर्ज डिस्प्ले दिइनेछ ।

बाहिरिएकाे जानकारी अनुसार साओमीको यो फोन सार्वजनिक हुने तयारीमा छ । जसअनुसार यही फेब्रुअरीमा सांघाईमा हुने एमडब्लूसी सांघाईका दौरान यो फोन सार्वजनिक हुनसक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१